गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ । पोखराकी ११ वर्षीया दीप्ति रेग्मी यतिबेला चर्चाको विषय बनेकी छिन् । समाजिक सञ्जाल हुँदै उनीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार बनाइरहेको छ ।
शिशुनिकेतनमा कक्षा ५ मा अध्ययनरत दीप्ति सुँघेर रंग पत्ता लगाउन सक्छिन् । उनी यो अनौठो शक्ति भगवानबाट प्राप्त भएको बताउँछिन् ।
उनको यो अवस्थाबारे नेपालका डाक्टरले केही नबताए पनि यो अवस्था ‘साइनेस्थिया’ नामक सुँघ्नेसम्बन्धि विकारसँग मिल्दो जुल्दो रहेको डेली मेलमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
यस्तो अवस्थामा केही मानिसहरुको इन्द्रिय शक्ति अनौठो बन्ने गर्छ जसमा उनीहरु रंगलाई सुँघ्न, सुन्न र स्वाद लिन सक्छन् ।
यति बेला समाजिक सञ्जाल युट्युबमा चर्चित बनेको दीप्तिको एउटा भिडियोमा उनले आँखा बन्द गरेर रंगलाई नाकले सुँघेर पत्ता लगाएको देखाइएको छ । त्यस्तै उनले पत्रिकामा लेखिएका शब्दहरु छामेर पढ्न सकेको पनि देखाइएको छ ।
स्थानीय समाचारहरुलाई उद्धृत गर्दै डेली मेल लेख्छ, ‘उनले आफ्नो यो क्षमताको बारेमा गत वर्ष थाहा पाएकी थिइन् । त्यसपछि उनले आफ्नो सुँघ्ने शक्तिलाई अझ तिर्खान प्रशिक्षण शुरु गरिन् ।’
उनको उक्त भिडियो पुष्कर नेपाल नामक युवाले रेकर्ड गरेका हुन् । स्थानीय मिडियासँग कुरा गर्दै पुष्करले भने, ‘देख्लान् कि भनेर मैले उनको आँखामा लगाएको पट्टी चेक गरेको थिएँ । उनले सुँधेर रंग पत्ता लगाउने र छामेर अक्षर चिन्न सक्ने क्षमता देखेर म दंग परे ।’
‘यति सानो उमेरामा पनि उनी समाजप्रति जिम्मेवार रहेको पाए’ पुष्कर भन्छन्, ‘आफ्नो क्षमताको प्रयोग दृष्टिविहिनहरुलाई सहयोग गर्न प्रयोग गर्ने उनले बताइन् ।’ दीप्ति पढाईमा पनि उत्तिकै अब्बल छिन् । यता, उनको यो अनौठो क्षमता देखेर उनका आमाबाबुदेखि शिक्षकहरु सबै दंग छन् ।
यसअघि लण्डनका २९ डेभ इभान्सको यस्तै प्रकारको अनौठो अवस्था रहेको थियो । कसैले केही शब्द उच्चारण गर्दा उनले खानेकुराको स्वाद थाहा पाउने गरेका थिए ।
कसैले ‘इस्ट’ भने कर्नफ्लेक्स र ‘ब्रिस्टल’ भने उनको मुखमा सुंगुरको मासुको स्वाद आउँथ्यो । त्यस्तै नटिङह्यामका २२ वर्षीया क्याथरिन ज्याकसनले ‘रोरी’ नाम सुन्दा उनको मुखमा गाँजरको स्वाद आउने समाचार प्रकाशित भएका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति