अमेरिकाको न्युयोर्कमा एक संगीतकारले कथित रूपमा पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएपछि विवादमा तानिएका छन् । उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रमसमेत राखेका थिए ।
२२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भए । तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन् ।
यसबारे सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । लिजीले जेडीसहित आमा बन्न लागेका बोनी बी, के मेरी, जिलेन भिला र इयानला कालिफा गालेटीसँग जेडीले खुसीयाली मनाएको भिडियो हालेपछि त यसले ठुलो विवाद नै सिर्जना गरेको थियो ।

क्याप्सनमा लिजीले सबै महिलाले बच्चाको लागि यो सबै कुरा स्वीकार गरेको लेखेकी थिइन् । ‘हाम्रो सुन्दर परिवारलाई हेर्नुहोस्,’ उनले लेखेकी थिइन्, ‘हामी हाम्रो बच्चाको पितालाई माया गर्छौँ । हामी हाम्रो बच्चाको जीवन बरबाद पार्न चाहँदैनौँ । हाम्रो परिवारले यसलाई स्वीकार गरेको छ ।’
द न्युयोर्क पोस्टसँग कुराकानी गर्दै पिता जेडीले आफू पाँच जनाको पिता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए ।
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति