गण्डक न्युज पोखरा, १९ कार्तिक / बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी घटक अनेरास्ववियु र अखिल (क्रान्तिकारी ) कास्कीले अभियान सुरु गरेको छ ।
दुई विद्यार्थी संगठनले संयुक्त बिस्तारित बैठक बसेर निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । पृथ्वीनारायण क्याम्पसमा नेकपा एमाले केन्द्रिय सदस्य एवं कास्की क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले १२ सय १२ सदस्यीय कमिटि निर्माण गरेको अनेरास्ववियु भूगोल कास्की अध्यक्ष शेखर गौतमले जानकारी दिए । कास्कीका तीन क्षेत्रका ६ प्रदेशसभा अन्तर्गत प्रति कमिटि २०२ जना रहने गरी कमिटि निर्माण गरिएको हो ।
कास्कीको क्षेत्र नंं १ अन्तर्गत प्रदेश सभा क मा कृष्ण दाहाल र सुशन घिमिरेलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिईएको छ । प्रदेश सभा ख मा सन्तोष नेपाली संयोजक र अमृत ढकाल सहसंयोजक छन् ।
यस्तै, क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क का लागि ज्ञानु भुजेल संयोजक र विशाल तामाङ सहसंयोजक छन् । प्रदेश सभा ख मा राम्जी आचार्यको संयोजकत्व र अनिल खड्काको सहसंयोजकत्वमा कमिटि गठन गरिएको छ ।
क्षेत्र नंं ३ प्रदेश सभा क मा शेखर गौतम संयोजक र आवास पौडेल सहसंयोजक छन् । प्रदेश सभा ख मा बिबेक देबकोटाले संयोजकको जिम्मेवारी लिएका छन् भने सागर पौडेल उपसंयोजक छन् । क्षेत्र अन्तर्गतका सम्बन्धित दुई कमिटिले प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई सहयोग गर्नेछन् ।

यस्तै, क्षितिज सापकोटाको नेतृत्वमा अनेरास्ववियु केन्द्रिय सदस्यहरु भरतमान गुरुङ, आशिर्वाद सुवेदी, ज्ञानु भुजेल, क्रान्तिकारीको तर्फबाट प्रबिणा अधिकारी ,सन्तोष नेपाली, जिल्ला अध्यक्षहरु शेखर गौतम, विवेक देबकोटा, सागर पौडेल गरी नौ सदस्यीय स्टेरिङ कमिटी बनेको छ।
कार्यक्रममा प्रमुख अतिथि एमाले नेता अधिकारीले जुनसुकै हालतमा पनि बामपन्थी गठबन्धनले जित्ने र संशोधनवादीले हार्ने दाबी गरे । प्रदेशमा बाम गठबन्धनको बहुमतको सरकार निर्माण बन्ने भन्दै उनले बामपन्थीहरुलाई अहिलेलाई सुर्य र हसियाँ हथौडा भोट हाल्न आग्रह गरे ।

माओवादी अध्यक्ष केन्द्रका बखान सिंह तमुले अब एउटै बामपन्थी केन्द्र बन्ने भएकाले कुनै शंका नगरी एक भएर अघि बढ्न आग्रह गरे । अनेरास्ववियु केन्द्रि उपाध्यक्ष रश्मि आचार्यले अब एमाले माओवादीले नै वर्षौं मुलुक चलाउने र समृद्धिको दिशातिर मुलुक अघि बढ्ने बताए ।
अनेरास्ववियु जिल्ला अध्यक्ष शेखर गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्रान्तिकारी केन्द्रिय सदस्य कृष्ण दाहालले गरेको थिए । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को विहीबार पहिलो संयुक्त बैठक बसेको थियो ।
तस्विर पनि ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह