तनहुँ, २२ कत्तिक/ पोखराबाट विरगञ्जका लागि छुटेको बस तनहुँको म्याग्दे गाउँपालीका ६ छविसे स्थित पृथ्वीराजमार्गमा दुर्घटनामा परेको छ । ना ७ ख २५७२ नम्बरको बस अनियन्त्रीत भई सडकदेखी अन्दाजी ८ मिटर तल खसेको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराका प्रहरी निरिक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए ।
बसमा सवार ८ जना घाईते भई उपचारको लागी जिपी मेमोरियल अस्पताल बेलचौतरा, तनहुँमा लगिएको र केही त्यहाँबाट पोखरा उपचारका लागि पठाएको उनले जानकारी दिए । पोखराको गण्डकी अस्पतालमा बिरगन्ज महानगरपालीका बस्ने वर्ष ४७ की कल्पना गिरी, ४२ वर्षकी नविता कोईराला, भारत बिहार बस्ने बर्ष ४७ को खेद चोदान र २४ बर्षिय मुन्ना ठाकुर उपचार भईरहेको उनले जानकारी दिए ।
त्यसैगरि, तनहुँ बन्दीपुर गाँउपालीका ५ ढाबटार स्थित पृथ्वीराजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ जाँदै गेरेको लु१ख ७८५४ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको छ । सोहिस्थानका २२ बर्षियकी गौरी अधिकारीलाई घाइते भएकी छन् उनको गोर्खाली पोलिक्लिन्क आबुखैरेनीमा उचार हुन नसके पछि पोखरा चरक अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।
Ganthan.com
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो