पोखरा । विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यहाँस्थित प्रतिभा माविले मंगलबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताको प्रमुख अतिथि हिसान केन्द्रीय कार्यसमितिका सल्लाहकार बाबुराम पन्तले उद्घाटन गरेका थिए ।

प्राचार्य सापकोटाका अनुसार विद्यालय विभिन्न समूहले प्रारम्भिक प्रतिश्पर्धामा भाग लिएका थिए । तिनै समूहबाट अन्तिम प्रतिश्पर्धाका लागि छानिएका ६ समूहले अन्तिम प्रतिश्पर्धा गरेका थिए । हरेक समूहमा ३ जनाका दरले सहभागि थिए । ‘विद्यालयस्तरको प्रतिश्पर्धा भएपनि गणित हाजिरी जवाफमा सहभागिता जनाउनु आफैमा विजयी भए सरह हो,’ प्राचार्य सापकोटाले भने, ‘आफुले आफैलाई मूल्यांकन गर्ने अवसर पनि हो । यस्ता प्रतिश्पर्धामार्फत कुनैपनि विद्यार्थीले आफु कुन ठाउँमा रहेको छु भन्ने पहिचान गर्न सक्छन् ।’

विद्यालयमा हुने यस्ता गतिविधिले विद्यार्थीले आफैले आफैलाई परीक्षण गर्न सक्ने पनि उनले बताए । प्राचार्य सापकोटाले गणित विषयको अध्ययनले जो कोही विद्यार्थीलाई सफलता दिलाउने बताए । जीवन कस्तो हुनुपर्छ भनेर विद्यार्थी आफैले प्रश्नको उत्तर दिन सक्ने पनि उनले बताए । ‘गणितका विद्यार्थीमा मेहनत र अनुशासन अति नै आवश्यक पर्छ,’ प्राचार्य सापकोटाले भने, ‘अध्ययनका क्रममा गणित विषय अब्बल भएमा सबै विषयमा राम्रो गर्न सकिन्छ ।’ उनले गणितको सम्बन्ध दर्शनसँग पनि जोडिएको बताए । प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृति पनि गरिने उनले बताए ।
प्रमुख अतिथि पन्तले गणित विषयले हाम्रो जीवन एकअर्कासँग जोड्न सघाउने बताए । विद्यार्थीमा आफुमा कुन तहको ज्ञान छ भन्ने प्रमाणित गर्न गणितले सघाउने उनले बताए । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको क्षमता पहिचान गर्नका लागि प्रतिश्पर्धा आयोजना गरेको बताए । ‘विद्यार्थीमा फरकफरक क्षमता हुन्छन । फरक व्यक्तिसँग फरक क्षमता हुन्छ । गणितको ज्ञान हुनु अर्काे क्षमता हो,’ उनले भने, ‘किताबी बाहेक अतिरिक्त ज्ञान हासिल गर्नका लागि विद्यालयले यस्ता गतिविधि गर्दै आएको छ ।’

प्रतिश्पर्धामा अर्मत्य खड्का, गिभन अधिकारी, र सदृश श्रेष्ठको टिम प्रथम भएको थियो । त्यसैगरि यूनिक चापागाँइ, सफल थापा र सबिन नेपालीको टिम दोश्रो तथा सुशील दर्जी, निलेश धोजु र एडम कँडेलको समूह तेश्रो भएको थियो । उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु