स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको एक विकास बैंकमा कार्यरत सुरक्षा गार्डमाथि बैंक परिसरमै चक्कु प्रहार भएको छ । बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंक लिमिटेडमा ड्युटीमा रहेका सुरक्षा गार्ड शेरबहादुर थापामाथि मंगलबार बिहान आक्रमण भएको हो ।
प्रहरीका अनुसार चक्कु प्रहार गर्ने आरोपमा सोही स्थानका ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । श्रेष्ठलाई ज्यान मार्ने उद्योग कसुरमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
घटनामा घाइते भएका थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आफू माथि एक्कासी अन्धाधुन्ध चक्कु प्रहार भए पनि सेवा निवृत्त सेना भएकाले जोगिन सफल भएको थापाले बताएका छन् ।
घटना भए पनि बैंकको सेवा भने प्रभावित नभएको बैंकले जनाएको छ । प्रहरीको सहयोगमा बैंकको कामकाज नियमित रूपमा सञ्चालन भइरहेको गरिमा विकास बैंकका क्षेत्रीय प्रबन्धक प्रेमकिशोर अर्यालले बताए । उनले अवस्था सामान्य रहेको र सेवाग्राहीलाई ढुक्क भएर सेवा लिन आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ