जेन–जी आन्दोलनका क्रममा संसद भवनमा आगो लगाउने व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएको छ । मोरङ–२ का उम्मेदवार कृष्णकुमार कार्की २४ भदौमा संसद भवन जलाउँदै गरेको दृश्य उनकै सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
मोरङको रतुवामाई नगरपालिका–९ का स्थानीय कार्की भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीनिकटका अनुसार कार्की जेन–जी आन्दोलनको केही दिनअगाडि मात्र नेपाल फर्किएका थिए । तर, अकस्मात् २४ भदौमा भएको आगलागीमा उनको तस्वीर र भिडियो टिकटकमा फैलियो । उनी आफैँले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ ।
उक्त दृश्यमा कार्कीले आफ्ना समर्थकसहित बानेश्वरस्थित संसद भवन पुगेर आगो लगाउन सघाएको देखिएको छ । उनी उक्त घटनामा सक्रियतापूर्वक लागेको दृश्यले पुष्टि गर्छ । कार्कीले आफैँ तोडफोड र आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् । तर, संसद भवनको कुर्सी मात्र आफूले जलाएको भन्दै उनले भवन भने घुसपैठियाले जलाएको जिकिर गरेका छन् ।
उनले राजनीतिक दलका नेताहरूको घरमा गरिएको विध्वंस भनेमा आफ्नो संलग्नता रहेको लेखेका छन् । बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी, सिंहदरबारहुँदै नेताहरूको घरमा पुगेर आगजनी गरेको उनले स्वीकार गरेका छन् ।
अघिल्लो निर्वाचनमा रास्वपाले यस क्षेत्रमा ठगेन्द्र न्यौपानेलाई उम्मेदवार बनाएको थियो । यसपटक उनको चर्चा भए पनि टिकट भने कार्कीले पाए । कार्की १२ वर्ष जापान बसेर फर्किएको बताइएको छ । उनका सोसल मिडिया पोस्ट हेर्दा सुरुवातमा रवि लामिछानेलाई ‘सहकारी ठग’ भनेर लेख्दै आएको पनि देखिन्छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण