बाम गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेसको लोकतान्त्रिक गठबन्धनको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनीहरुलाई चुनावी सभामा सम्बोधन गर्न भ्याई नभ्याइ छ । निकै दौडधुपका साथ हेलिकोप्टरबाटै जिल्ला जिल्लामा पुगी कुरा राखिरहेका छन् ।
शनिबार पनि उनीहरु जिल्ला दौडाहमा रहे । पोखरामा एमाले अध्यक्ष केपी शर्मा ओलीले माईकको गुनासो गरिरहँदा पाल्पामा देउवाले प्राविधिकसँग उस्तै गुनासो गरिरहेका छन् ।
बाम गठबन्धनले पोखरामा शनिबार आयोजना गरेको चुनावी सभामा बोल्न सुरु गरेपछि ईको साउण्ड आयो भन्दै पटक पटक प्राविधिकलाई भनिरहेका थिए । ओलीले पाँच मिनेट बोलेपछि ‘बढी ईको भयो ध्यान दिऔं’ भन्दै एकछिन रोकिए । ‘हेल्लो, खै भएन । खैर जे होस्, भएन । आवाज बढाऔं, ईको घटाऔं ।’ पटक पटक भनेर एकछिन हँसाए पनि ।
वक्ताका लागि अर्को पोडियमको व्यवस्था थियो । तर ओली सिधै कार्यक्रम सञ्चालक पार्टी कास्की कार्यवाहक अध्यक्ष दामोदर बैरागीले बोल्ने ठाउँमा गई भाषण सुरु गरेका थिए । उनीपछि बोलेका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल भने वक्ताकै लागि ठीक पारिएको पोडियमतर्फ अघि बढे । उनले त्यतै आफ्ना भनाई राखे ।
प्रधानमन्त्रीले प्राविधिकलाई भने : ए भाइ के गरेको ? म बोल्दैछु, खाली बिगारेछ, बिगारेछ
प्रधानमन्त्री शेरबहादुर देउवाले माइक बिगारेको भन्दै प्राविधिकलाई गाली गरे । नेपाली कांग्रेस क्षेत्र नम्बर –२, पाल्पाले शनिबार रैनादेवी छहरा –५, मुझुङ्गमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा माइकमा ईको बढेर चुर्इंचुर्इं गरेपछि प्रधानमन्त्रीले प्राविधिकलाई गाली गरेका हुन् ।
दर्शकले प्रधानमन्त्रीले बोलेको कुरा नबुझेको गुनासो गरेपछि प्राविधिकले माइक मिलाउने क्रममा च्वाईच्वाई ,चुईंचुर्इंको आवाज आएको थियो ।‘ए भाई के गरेको ? खाली बिगारेछ, बिगारेछ’, प्रधानमन्त्री देउवाले आदेश दिदै भने–‘अलि मिलाउ, म बोल्दैछु ।’ निकै रिसाएको आवाजमा प्रधानमन्त्रीको आदेश आएपछि चुनावीसभाको सुरक्षामा खटिएका पाल्पाका प्रहरी प्रमुख डिल्लीराज पन्तलगायतका सुरक्षा टोली प्राविधिकसम्म पुगेका थिए ।
नवलपरासीमा आयोजित चुनावी सभा सकेर हेलिकप्टरमार्फत कार्यक्रमस्थल मुझुङ्ग पुगेका देउवाले लगत्तै आयोजकलाई छिटो कार्यक्रम सक्न निर्देशन दिइरहेका थिए । पटकपटक घडी हेर्दै पार्टीका जिल्ला सभापति वीरबहादुर रानामार्फत छिटो कार्यक्रम सकाउन आग्रह गरेका देउवाले पार्टी उपसभापति रामचन्द्र पौडेलले बोलेपछि सभालाई सम्बोधन गरेका थिए । बोलेको तीन मिनेट नहुँदै माइकमा समस्या आएपछि देउवाले प्राविधिकलाई सच्याउन निर्देशन दिए ।

सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
पत्नीको बिहे गराइदिएका युवकले चार दिनपछि फिर्ता मागे
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’