पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । कास्की चार क्षेत्र रहँदा अधिकारी क्षेत्र नं. ३ बाट निर्वाचित हुँदै आएका थिए ।
वाम गठबन्धनका साझा उम्मेदवार उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरे । अधिकारीले २७ हजार २ सय ७ मत पाउँदा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका छन् ।
७० हजार ६ सय ५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । अधिकारीले २०६४ मा माओबादी नेता झलकपाणी तिवारीलाई पराजीत गरे भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरेका थिए ।
नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अब पाँच वर्ष समृद्धि र विकासका लागि दिलोज्यान लगाएर लागिपर्ने बताएका छन् । उनले सबै पक्षसँग हातमा हात मिलाएर सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।
यो नतिजासँगै कास्कीको क्षेत्र नं. २ को सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेशसभा तर्फ क मा एमालेका कृष्ण थापा विजयी भए भने ख तर्फ काँग्रेसका बिन्दुकुमार थापा विजयी भए ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?