पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । कास्की चार क्षेत्र रहँदा अधिकारी क्षेत्र नं. ३ बाट निर्वाचित हुँदै आएका थिए ।
वाम गठबन्धनका साझा उम्मेदवार उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरे । अधिकारीले २७ हजार २ सय ७ मत पाउँदा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका छन् ।
७० हजार ६ सय ५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । अधिकारीले २०६४ मा माओबादी नेता झलकपाणी तिवारीलाई पराजीत गरे भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरेका थिए ।
नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अब पाँच वर्ष समृद्धि र विकासका लागि दिलोज्यान लगाएर लागिपर्ने बताएका छन् । उनले सबै पक्षसँग हातमा हात मिलाएर सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।
यो नतिजासँगै कास्कीको क्षेत्र नं. २ को सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेशसभा तर्फ क मा एमालेका कृष्ण थापा विजयी भए भने ख तर्फ काँग्रेसका बिन्दुकुमार थापा विजयी भए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ