गण्डक न्युज पोखरा, ५ पुस / पोखराको प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी हाउसले पोखराको विन्ध्यवासिनी मन्दिरमा विद्युतीय लिफ्ट बनाउने घोषणा गरेको छ ।
४५ वर्षमा प्रवेश गरेको अवसरमा हाउसले करिब ८० लाख लागतमा १२ जनाको भार क्षमताको लिफ्ट निर्माण गरिदिने घोषणा गरेको हो । लक्ष्मी गु्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लक्ष्मी हाउसको भातृ संस्था लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नक्साल काठमाडौंले अपांगता भएका व्यक्ति, अशक्त र ज्येष्ठ नागरिकलाई मन्दिर दर्शनमा सजिलोहोस भनेर लिफ्ट निर्माण गर्न लागेको जनाए ।
श्रेष्ठका दाजु बुद्धिबहादुर श्रेष्ठको इच्छा अनुसार मन्दिरमा लिफ्ट बनाउन लागेको उनले बताए । लिफ्ट बनाउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र लक्ष्मी हाउसबीच सम्झौता भएको छ । लक्ष्मीग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गरे ।
पोखराको कला, साहित्य क्षेत्रमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारलाई पनि २ वर्षमा गर्ने कार्यक्रमको लागि २ लाख ५० हजार पनि सहयोग गरिने भएको छ । लक्ष्मी हाउसको केन्द्रीय कार्यालय बाघबजार पोखरामा भएको कार्यक्रममा लक्ष्मी हाउस र परिवारबीच सहयोगका लागि सम्झौता भएको छ ।
२०३० साल पुस ५ गते आजकै दिन लक्ष्मी मिठाई भण्डारको रुपमा स्थापना भएको ४४ वर्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल औंद्योगिक घरना बनेको छ । लक्ष्मी हाउसले उत्पादन गरेको मिठाई भारतको सिक्किम, दार्जिलिङ, चिनको तिब्वतसम्म निर्यात हुने गरेको छ ।
कार्यक्रममा श्रेष्ठले भने ‘ ५ किलो चिनी ल्याएर मिठाइ बनाएर सुरु गरेको व्यवसायमा सबैको साथ सहयोग र कर्मचारीको मेहनतले आज यो स्थानमा पुगेका छौं, सबैलाई हृदयदेखिने धन्यवाद दिन्छु ।’ उनले आगामी दिनमा निरन्तर सामाजिक क्षेत्रमा सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

लक्ष्मी हाउसले यसअघि पनि शिक्षा, स्वास्थ्य लागयत सामाजिक क्षेत्रमा सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृगौला सेण्टरको स्थापनासँगै बिरामी कुरुवाका लागि दिलपुतली आरामकक्ष निर्माण गरिदिएको छ । लक्ष्मी विद्यापदक बाट वर्षेनी विभिन्न क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान पनि हाउसले गर्दै आएको छ ।
कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले लक्ष्मी हाउसले सामाजिक क्षेत्रमा गरेको सहयोग उदाहरणीय रहेको बताए । । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सामाविजक क्षेत्रको विकासमा लक्ष्मी हाउसले दिएको योगदान प्रशंशा योग्य रहेको बताउँदै देशलाई आर्थिक समृद्धितर्फ लैजान उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?