टोकियो । जापानमा सामाजिक कार्यमा सक्रिय रहदै आएको नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप जापान’ द्वारा आगामी फेब्रुअरीमा ‘ब्यूटी क्वीन नेपाल जापान २०१८’ प्रतियोगिता आयोजना हुने भएको छ ।
ग्रुपले सम्पूर्ण जानकारी सहितको पोस्टर सार्वजनिक गर्दै २२ तारिख देखि ब्यूटी क्वीन कार्यक्रमको लागि अन्लाईन आवेदन खुल्ला गरी तयारीमा जुटेको हो ।
जापानमा रहेका दिदी वहिनीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी भूमिकाको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको प्रयोगबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको ग्रुपकी महासचिव सरु लम्सालले बताईन ।
ग्रुपले आयोजना गर्न लागको ब्यूटी क्वीनमा विवाहित तथा अविवाहित दुबै समुहका महिलाहरुले भाग लिन पाउनेछन् भने यस प्रतियोगितामा भाग लिनको लागि १८ देखि ३० बर्ष सम्मको उमेर समूह हुनु पर्ने उल्लेख गरिएको छ । प्रतियोगीलेले २ हजार जापानी येन तिरेर ब्यूटी क्वीनमा भाग लिन सकिने आयोजकले जनाएको छ ।
ब्यूटी क्वीनको अडिसन ११ फेब्रुअरी टोकियोमा हुनेछ भने तालिम १२ फेब्रुअरी देखि १८ फेब्रुअरी सम्म हुने छ । अडिसन राउण्डबाट छानिएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धि पनि प्रशिक्षण दिइने छ ।
मिडिया सम्वन्धी जानकारी, हस्पिट्यालिटी सम्वन्धि जानकारी प्रदान पनि गराइने जनाएको छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा तालिम प्रदान गरिने छ । जसमा नेपालमा रहेर विगत १५ वर्ष देखि निरन्तर रुपमा सौन्दर्य प्रतियोगिताहरुको साथै विभिन्न संचार संस्थामा आवद्व तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा विभिन्न सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरि सकेको वरिष्ठ कोरियो ग्राफर रोजिन शाक्यले तालिम प्रदान गर्नेछन् भने नेपालमा रहेर विगत १० वर्षदेखि सफल रुपमा सौन्दर्य प्रतियोगिता गर्दै आएको सिजन मिडियाको सहयोग रहेको ग्रुपकी अध्यक्ष स्मृति आचार्यले बताईन ।
यस कार्यक्रमको अन्तिम प्रतियोगिता फेब्रुअरी १९ मा टोकियोको नाकानो जेरो हलमा हुनेछ भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जापानमा रहेको सनराइज प्रोडक्सनले गर्दै छ ।
प्रतियोगिताका विजेताले ‘ब्यूटी क्वीन नेपाल जापान २०१८’ को उपाधी सहित विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले पनि विभिन्न उपहारहरु प्राप्त गर्ने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिने छ ।
जापानमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई सफल पार्नको लागि जापानबासी योग्य दिदीबहीनीहरुलाई ‘म नेपाली ग्रुप जापान’ ले सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर