गण्डक न्युज पोखरा, १० माघ / कास्कीबाट प्रदेश नं. ४ का सांसद एवं युवा संघ, नेपालका केन्द्रिय अध्यक्ष राजिव पहारीले फेवा ताल संरक्षणको काम सुरु भएको घोषणा गरेका छन् ।
प्रदेश चारको पर्यटन र समग्र विकासको आशा र भरोशाको रुपमा रहेको फेवाताल अब कुनै पनि बहाना र प्रपंचको खेलमा पर्न नदिने भन्दै उनले अब आफु ज्यान फालेर भएपनि सो तालको आकार बढाउन लागि पर्ने बताए ।
पहारीले बुधबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फेवाको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि पेपर र कानुनी प्रक्रिया शुरु भएको भन्दै अब कुनै कसर बाँकी नराखी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार संगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवा बानाउने बताए ।
उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धि अति जरुरि सार्बजनिक महत्वको प्रस्ताब दर्ता गर्ने भन्दै सो प्रस्ताब दर्ता पछि अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताउँदै कुनै राजनीतिक एबम् अन्य आग्रह पूर्वाग्रह बिना सो कार्य सम्पन्न गराएरै छाड्ने उनको जिकिर थियो ।
जनताको सेबक हुँ, कसैको व्यक्तिगत स्वार्थ आफ्नो लागि गौण भएको र त्यो भन्दा माथि अधिक जनताको आशा र बिश्वाश नै आफ्नो मुख्य लक्ष्य भएको भन्दै उनले कसैको डर धम्कि आए त्यसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?