सबै भन्छन् संसारकै राम्रो देश, गावैं गाउँले बनेको हाम्रो देश
जब गाउँलाई विकासले ढाक्दैन, तब सिंगो देश उभों लाग्दैन
बाझैं रह्यो खेत र बारी, चाहिन्छ अब गाउँगाउँमा रोजगारी
शुन्य भयो गाउँ र घर, गर्नै छाडे खेती
युवा वर्ग विदेश पस्ने, धनी वर्ग शहर पस्ने
यो चालले देश विकासमा पुग्छ ठूलो क्षति
यति गहन अर्थ बोकेको शब्द मिश्रित ‘शुन्य भो गाउँ घर’ बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । अग्रज गायिका एवं सञ्चारकर्मी कोमल ओलीसँगै लोकप्रिय गायक पशुपति शर्मा र युवा गायक राजकुमार बानियाँको स्वरमा रहेको सन्देशमुलक गीतको भिडियो पनि गीत जस्तै उत्कृष्ट बनेको छ ।
नवनिर्वाचित सांसद समेत रहेकी कोमल ओलीलाई यस्तो सकारात्मक सन्देश बोकेको गीतले उनको राजनीतिक जीवनमा ठूलो अर्थ राख्ने देखिन्छ । बेरोजगार भएपछि ठूलो संख्यामा युवाहरु विदेशिएको तीतो यथार्थलाई टपक्कै टिपेर गीत उनिएको छ । अहिले ४० लाख बढी युवा देश छाडेर बिदेशमा छन् । दिनहुँ १५ सय देखि २० हजारसम्मले देश छाड्छन् । गाउँघरमा खेत बाझो छ । यो यथार्थलाई गीतमा समेटिएको छ ।
सुन्देउ सरकार गाउँघरमा जात्रै छ, महिला बृद्धा अपांग मात्रै छ
हलोजुवा दाउरा र घाँस बोक्ने, मान्छे मर्दा कोहि हुन्न लास बोक्ने
गीतको भिडियो समेत उत्तिकै सन्देशमुलक छ भने गाउँघरको यथार्थलाई देखाउन सफल बनेको छ । मलाई अमेरिका यही, मलाई जापान पनि यही जस्ता चर्चित गीतका गायक पशुपति शर्माले विदेशिने सम्बन्धी उही भावको यो गीतमा आफै भिडियोमा देखिएका छन् । शिक्षकको भूमिकामा पशुपति फिट छन् ।
स्वयंसेविकाको भूमिकामा कोमल ओली छन् भने राजकुमार बेरोजगार युवाका रुपमा देखिएका छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोमा शिवराम, रामकृष्ण, प्रकाश थापा, राजन बानियाँ, सुदिप थापा लगायत देख्न सकिन्छ ।
युवा गायक राजकुमार किशोरावस्थादेखि नै नेपाली लोकसंगीत क्षेत्रमा अनवरत लागिपरेका छन् । नेपाली लोकदोहोरी क्षेत्रमा पाको, अग्रज भनिनेहरु नै छाडा र अश्लिलतालाई बढावा दिईरहँदा भर्खरका युवा राजकुमार भने यसतर्फ कत्ति पनि आकर्षित छैनन् ।
‘एक दिन त कसो हामी जस्ताको दिन नआउला ?’ राजकुमार भन्छन्ः ‘युवा रोजाई अनुसार समय सन्दर्भका भाका तर परम्परागत संस्कृति नबिर्सिकन म यो क्षेत्रमा रहन्छु । नराम्रो काम गरेर चर्चित बन्नुभन्दा राम्रै गरेर विस्तारै सफलताउन्मुख हुनु राम्रो नि ।’
यो सन्देशमुलक गीत राजकुमार आफैले लेखेका हुन् भने भाका पनि उनकै हो । जलेश्वरी म्युजिकको प्रस्तुति रहेको गीतको भिडियो पोस्ट प्रडक्सन एकता फिल्मले गरेको हो । देवराज गुरुङले क्यामेरामा दृश्य कैद गर्दा भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।
सम्बन्धित खबर
शान्ति श्रीस मगरको ‘जाम हिड साइली’ सार्वजनिक
वेब सिरिज ‘आरती’ को ट्रेलर मैथिली र नेपाली भाषामा सार्वजनिक
निश्चल दवाडीले अञ्जु पन्तसँग ल्याए ‘चाइने के रे गोर्खा नेपालमा’ [भिडिओ]
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
चर्चित टिकटकर आयुषले गरे पाकिस्तानी जमालीसँग इन्गेजमेन्ट
लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका