पोखरा, १८ माघ — पोखराका चार व्यवसायीसँग करोडौ रुपैयाँ मागेर नदिए ज्यान मार्ने धम्की दिने चार जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । । कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा उनीहरुलाई पोखरा र स्याङजाबाट पक्रेको हो ।
गत पुस २५ गतेदेखि व्यवसायी तथा कांग्रेसबाट चार नम्बर प्रदेशसभामा निर्वाचित सांसद बिन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठसंग टेलिफोन गरी तथा म्यासेज पठाएर उक्त समुहले फिरौती मागेको थियो ।
गुण्डा मनोज पुन समूहको व्यक्ति भन्दै धम्की दिएर फिरौती माग्ने गरेको प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका ६ टक्सार घर भई पोखराको जरेबरमा बस्ने ३५ वर्षीय शंकर भनिने नलबहादुर गुरुङ, स्याङजा फेदीखोला ४ घर भई पोखरामा बस्दै आएका २६ वर्षका अमृत खड्का, फेदीखोला २ का २३ वर्षका शिव कार्की र पर्वत कुश्मा नगरपालिका १० का २७ वर्षीय रामु सुवेदी पनि पक्राउ परेका छन् ।
[घटना कसरी घट्यो ? प्रहरी वरिष्ठ अधिकारीदेखि पोखराका व्यवसायी, पत्रकार समेत चिन्ने नलबहादुरले किन मनोज पुनको नाममा यस्तो काम गरे ? पक्राउ परेका अन्य तीन जना नलबहादुरको पछि किन हिँडे ? यसको पूर्ण खुलासा अर्को समाचारमा गर्नेछौं । गण्डक न्युज अपडेट भईरहनुहोला ।]
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार खड्काले नेपालबाट मनोज पुन समुहको व्यक्ति भनि व्यवसायीसंग फिरौती मागी धम्क्याउदै आएका थिए । यसैगरी, खड्काले विवश थापा नामबाट पोखरा नै रहेर व्यवसायीलाई धम्क्याउँदै आएका थिए । सुवेदी भारतका विभिन्न स्थानमा पुगेर भारतीय मोबाईलको सीमकार्ड प्रयोग गरी मनोज पुन भनी धम्क्याउने गरेका थिए भने कार्कीले एसएमएसमार्फत धम्क्याउन आफ्नो सीम दिदै आएका थिए ।
https://www.facebook.com/gandaknews/videos/773745619484359/
पक्राउ परेकाहरुले कालु गुरुङसंग १० करोड, बिन्दुकुमार थापासंग २ करोड र गिरीसँग २ करोड मागेका थिए । बोधराज कार्कीसँग पैसा माग्ने मनसाय भएपनि मोबाइलमा दुई वटा नम्बर भएकाले कार्कीलाई हानेको फोन गिरीलाई गएको प्रहरीले जनाएको छ ।
अन्य व्यवसायीलाई पनि करोडै रुपैयाँ मागेर धम्क्याउँदै आएको अनुसन्धानमा खुलेको हो । पछिल्लो पटक यही माघ १५ मा बिन्दु थापालाई तीन दिनको अल्टिमेटम दिएर धम्कीपूर्ण म्यासेज पठाएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएर उनीहरुलाई पक्रिन सफल भएको हो । असई सन्तोष सुवेदीको नेतृत्वमा प्रहरी टोली रातारात सम्म पुगेको थियो ।

प्रहरीले उनीहरुलाई शरीर बन्धक तथा अपहरण उद्योगमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । साथै, संगठित अपराधमा मुद्दा चलाउने योजना पनि प्रहरीको छ । नलबहादुरको फेसबुक आईडीमा दाउद ईब्राहिम र दीपक मनाङेलगायतको फोटो राखिएको छ । नलबहादुरले आफूहरु मनोज पुनको मान्छे नभएको र यसबारे उनी संलग्न नरहेको बयान दिएका छन् ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?