ब्रेकिङ न्युज: तल्लो गगनगौंडामा बीएमजी स्कूलको विद्यार्थी बोकेको बस पल्टियो

ब्रेकिङ न्युज: तल्लो गगनगौंडामा बीएमजी स्कूलको विद्यार्थी बोकेको बस पल्टियो

bus palityo (1)

गण्डक न्युज पोखरा, २५ फागुन / पोखरा लेखनाथ महानगरपालिका ३२ स्थित तल्लो गगनगौंडामा विद्यार्थी बोकेको स्कुल बस पल्टिएको छ । बिएमजी स्कुलको ग १ क १९०२ नम्बरको बस सडक छेउमा पल्टिएको हो ।

केहि समय अघि दुर्घटनामा तीन विद्यार्थी घाईते भएको लेखनाथबाट पत्रकार कविराज खनालले जनाएका छन् । विद्यालयबाट विद्यार्थीलाई घर फर्काउँदै गर्दा बाटैमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरीले सईको कमाण्डमा प्रहरी घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको गण्डक न्युजलाई जानकारी दिए । चालक नियन्त्रणमा रहेका छन् ।

स्थानीयले भने चालकले मापसे गरेको आरोप लगाएको छ । मापसे जाँच गरेपछि मात्र भन्न सकिने प्रहरी बताउँछ । (थप विवरण आउन बाँकी ।)

.

.

तस्विरः कविराज खनाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ