पोखरा, २६ फागुन / प्रदेश नम्वर ४ मा आइतबार मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना बढ्दै गएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते सपथग्रहण संगै पदभार ग्रहण गरेपनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । एमाले र माओवादी केन्द्रविच मन्त्रालयको विषयमा सहमती भएपनि एमालेले मन्त्री छनोट गर्न नसक्दा मन्त्रीपरिषद बिस्तार ढिलो भएको हो ।
मुख्यमन्त्री गुरुङले शुक्रबार विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको थियो । पार्टी भित्रको आन्तरीक विवादका कारण मन्त्री छनोट भएको कठिन भएको एमाले स्रोतले जनाएको छ । आइतबार ४ बजे मन्त्रीपरिषद विस्तार गरेर राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न काठमाण्डौं जाने सोचमा मुख्यमन्त्री रहेको बुझिएको छ ।
मन्त्रीको नामावली आज रातीसम्म टुङ्ग्याएर मन्त्रीपरिषद विस्तार गर्ने सोंचमा मुख्यमन्त्री रहेको स्रोतले जनाएको छ । मन्त्रीका लागि एमालेको भागमा परेका पाँच मन्त्रालयमध्य एउटा मन्त्रालयमा मात्रै राम शरण बस्नेतमात्रै मन्त्री भएका छन । मन्त्रीका लागि बिकास लम्साल, चन्द्रमोहन गौचन, नरदेवी पुन, रोशन गाहा मगर, प्रभा कोइराला र कृष्ण थापाको नाम चर्चामा रहेको छ । मुख्यमन्त्रीले भेग, जातियता मिलाएर मन्त्री बनाउने सोंचमा बुझिएको छ ।
यता कास्कीबाट मन्त्री बनाउनका लागि दवाब बढे पनि कास्कीले समानुपातिक तर्फ धेरै सांसद पाएको र उपसभामुखपनि कास्कीले पाएका कारण बाँकी जिल्लाबाट मन्त्री बनाउन पर्छ भन्ने दवाबपनि उक्तिकै रहेको छ । मन्त्री छनोटमा सहमती सहमती जुट्न नसके मन्त्रीपरिषद बिस्तार पछि धकेलीने स्रोतले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयलाई शुक्रबार नै मन्त्रीपरिषदको बिस्तारको बारेमा जानकारी गराइए पनि बिस्तार हुन सकेको थिएन ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुई तिहाई बहुमत

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ससदबाट दुई तिहाईको बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत पर्यो।
एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्य मन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ। जनमोर्चा यस अघि प्रतिपक्षमा थियो। सत्तारुढ दल एमालेको २७ माओवादीको १२ मत थियो भने जनमोर्चाको ३ मत पनि थपिएको छ। माओवादीबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले शुक्रबार मत दिएनन्।
विपक्षमा कांग्रेसको १५ र नयाँशक्तिको २ गरि १७ मत परेको छ। प्रदेश ४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका राजिव गुरुङ दिपक मानाङ्गे भने लगातार अनुपस्थित थिए ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल