पोखरा, २७ फागुन – पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीकै निर्मलपोखरीकी ३२ वर्षकी धनमाया पोख्रेलको आइतबार बिहान ६ बजे ज्यान गएको हो ।
शुक्रबार सामान्य रुपमा छोरा जन्माएकी उनको रक्तस्राव भएकाले अप्रेशन गरिएको थियो । त्यसपछि पनि रक्तस्राव नरोकिएपछि शनिबार बिहान उनको दोस्रोपटक अप्रेशन गरिएको थियो ।
सुत्केरीको मृत्युपछि आफन्तजनले अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले लाश बुझ्न मानेका छैनन् । लापरबाहीले नै धनमायाको मृत्यु भएको मृतकका दाजु रमेश पोख्रेलले बताए ।
‘दिदीको सामान्य डेलिभरी भएको थियो । अप्रेशन पछि त दिदी र भान्जालाई घर लिएर जाउँला भनेको आज बिहान डाक्टरले दिदीको मृत्युको खबर सुनाए ’ भाइ रमेशले भने ‘यो डाक्टरको लापरवाही हो ।’
अस्पतालले भने अत्याधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको बताएको छ । सामान्य सुत्केरी भएको र पाठेघर सुन्निएकाले पहिलोपटक शल्यक्रिया गर्नु परेको अस्पतालको भनाई छ ।
त्यसपछि पनि रक्तस्राव नरोकिएकाले फेरि शल्यक्रिया गरिएको तर सुत्केरीलाई बचाउन नसकिएको डाक्टरले बताएका छन् ।
धनमायाको २०७२ जेठमा विवाह भएको थियो । उनको यो पहिलो बच्चा हो । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
आफन्तजनले अस्पतालकाका डाक्टरको लापरबाहीका कारण धनुको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले शव बुझ्न मानेका छैनन् । लापरबाहीले नै धनमायाको मृत्यु भएको भन्दै त्यसको छानबिनको माग आफन्तले गरेका छन् ।

तस्विरः जमुना वर्षा शर्मा
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह