पोखरा, फागुन २८ । पोखरालाई अघिल्लो बर्ष बिशेष समारोहका बीच प्लाष्टिक निषेधित नगर घोषणा गरियो । त्यसलाई नगरपरिषदले पनि अनुमोदन गरेको छ । तर पोखरा लेखनाथ महानगरपालिकाले नै आफैले बनाएको नियम कार्यान्वयन गरेको छैन ।
प्लाष्टिकको प्रयोग भने रोकिएको छैन । यद्यपी सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिकका गिलास र थाल भने धेरै हदसम्म न्यून भएको छ ।
महानगरपालिकाको सोमबारको नगरसभामा प्लाष्टिकका थालमा खाजा खुवाईयो । अधिकांश जनप्रतिनिधी सहभागी कार्यक्रममा कसैले पनि प्लाष्टिकका थालबारे चासो राखेनन् । धेरैलाई यो बिषयमा हेक्का पनि भएन । जनप्रतिनिधीले नै प्लाष्टिकको थालमा मासु र नान हालेर खाए । तर थाल हटाउन कसैले निर्देशन दिएनन् नत सुझाव नै दिए ।
महानगरले आफ्नै नियम कार्यान्वयन नगरेपछि जनतालाई मात्रै लाद्न खोज्दा कार्यान्वयन हुन गाह्रो हुने सरोकारवालाहरु बताउँछन् । कार्यक्रममै केही पत्रकारले महानगरले गरेको नजरअन्दाज प्रति प्रश्न गरेका थिए ।
डिएनएनेपाल डटकमबाट
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि