पोखरा । पोखरा ३, ४ र ९ नम्बर वडामा पर्ने पालिखेचोकको राईट अफ वे १ महिनाभित्र क्लियर गर्ने महानगरले निर्णय गरेको छ । कार्यपालिका बैठकले चैत महिनाभित्रै सकेसम्म सहमतिमा ल्याएर सबै घर भत्काउने निर्णय गरेको हो । पालिखेचोकका ४ वटा घर भत्काउनुपर्ने महानगरपालिकाले जनाएको छ ।
पालिखेचोक क्लियर गर्न वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलालाई संयोजक बनाएर काम अघि बढाइएको हो । ४ दशकअघि देखि मापदण्डभित्रका संरचना हटाउने प्रयास भएपनि सरोकारवालाको चासो नपुगेका कारण काम हुन सकेको थिएन । ‘घरधनीको समस्या छैन । चलनचल्ती अनुसार सुहाउने मुआब्जा दिए जग्गा दिन वहाँहरु राजी हुनुहुन्छ, संयोजक बास्तोला भन्छन्–महानगरले अभियान थालिसक्यो अव जतिसक्दो छिटो पूरा गर्ने हो ।’

उनका अनुसार २ जना घरधनी मुआब्जा लिनका लागि तयार भैसकेका छन् । ‘२ जनाले सहमति जनाईसक्नुभएको छ । बाँकी २ जनासँग पनि लगातार सम्बाद भैरहेको छ, उनी भन्छन्–सामान्य कुरामा अड्किएको छ । जसरी पनि सहमतिमा ल्याउँछौं ।’ बसन्त उदास र प्रदीपशंकर पालिखेले घरजग्गा छोड्ने सहमति दिएका छन् ।
बसन्तको नाममा ६०.६ बर्गमिटर र प्रदीपको नाममा ३३.८ बर्गमिटर जग्गा छ । कृष्णमान श्रेष्ठ र किशोरादेवी श्रेष्ठलाई पनि सहमतिको नजिक पु¥याईएको छ । कृष्णमानको नाममा ५०.४५ र किशोरादेवीको नाममा ५४.१ बर्ग मिटर जमिन छ । प्रदीपले पक्की घर बनाएका छन् भने अरु ३ जनाको कच्ची घर छ ।
महानगरका मेयर मानबहादुर जिसीले सकेसम्म सहमति नभए प्रक्रियामा गएर भएपनि पालिखेचोक क्लियर गर्ने बताए । ‘सहमतिमा आएका घरहरु तत्कालै हटाउँछौं । अरुलाई पनि प्रक्रियामा ल्याउने अधिकतम प्रयास हुन्छ, उनले भने–नभए प्रक्रियामा जान्छौं । चैतभित्रै क्लियर भैसक्छ ।’
गएको पुस पहिलो साता पालिखेचोकको चौतारो र सार्वजनिक स्थलमा बनाईएको क्लवको भवन भत्काईएको थियो । महानगरले सहमतिमा आएकालाई मुआब्जा दिन कार्यकारी अधिकृतलाईसरकारी निकायसँग समन्वय गर्ने अधिकार दिएको छ ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो