पोखरा, १ चैत /पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी दैनिक गर्ने कामको सूची तयार पारेर आफ्नै कार्यालयको बाहेक कार्यालय समयमा कतै बाहिर नजाने घोषणा गरेका छन् । उनले कुनै पनि कार्यक्रममा नजाने बताएका छन् । बिहीबार मेयर जिसीको सचिवालयले सूचना प्रकाशित गरेर मेयरको दैनिक कार्यसूची सार्वजनिक गरेको छ ।
मेयर जिसीले कार्यक्रममा प्रमुख अतिथि वा अतिथि भएर नजाने भनेर सूची नै तयार पारेको बताए । आफ्नै कार्यालय मातहतका कार्यक्रममा बाहेक अन्य कार्यक्रममा गएर अब समय नबिताउने मेयर जिसीको भनाई थियो । आफ्नै वडा र मातहतका कार्यक्रममा जानैपर्यो, नत्र कार्यालय समयमा बाहिरका कार्यक्रममा नजाने बताए ।
मेयर जिसीले जानै पर्ने अवस्थामा मंगलबार र शुक्रबार महत्वपूर्ण कार्यक्रममा जाने तर एक घन्टाभन्दा बढी नबस्ने मेयरका स्वकिए सचिब लक्ष्मण तिमिल्सिनाले बताए ।
उनले अबदेखि पोखराका मेयरले बिहान साढे १० बजेदेखि ११ बजेसम्म विभिन्न कार्यालय प्रमुखसँग छलफल गर्ने, बिहान ११ बजेदेखि १ बजेसम्म सेवाग्राहीका काम गर्ने र सेवाग्राहीका समस्याको सुनुवाइ गर्ने र १ देखि २ बजेसम्म राजनीतिक दलका प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि र पत्रकारका लागि मेयर जिसीले समय छुट्याएको बताए ।
यसका लागि पनि १ दिन पहिले नै जानकारी गराउनुपर्ने तिमिल्सिनाले बताए । दिनको २ बजेपछि आवश्यकता अनुसार विभागीय प्रमुखसँग छलफल गर्ने मेयरको दैनिक कार्यसूची छ ।
यस्तो छ तालिका
विहान १०: ३० बजे देखि ११ बजे सम्म ।
विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु (कार्यालय प्रमुखहरुको भेटघाटको लागि १ दिन अगावै सचिवालयमा जानकारी गराउनु पर्ने छ ।)
बिहान ११: ०० बजे देखि १: ०० बजे सम्म ( सेवा ग्राहीहरुको लागि )
दिनको १: ०० बजे देखि २: ०० बजे सम्म (राजनैतिकदलका प्रतिनीधि, कुटनितीक नियोगका प्रतिनीधि, पत्रकार) ।
यस समयको भेटघाटको लागि १ दिन अगावै सचिवालयमा जानकारी गराउनु पर्ने छ ।
दिनको २: ०० बजे पछि आवस्यकता अनुसार विभागिय प्रमुखहरुसंगको छलफल ।
(मंगलबार र शुक्रबार बाहेकका बारहरुका लागि यो समय तालिका लागु हुने छ ।
पुनश्च: माथि उल्लेखित समयमा कार्यालय परिसर भन्दा बाहिर कुनै कार्यक्रममा सहभागि नहुने ब्यहोरा जानकारी गराईन्छ ।
सम्बन्धित खबर
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते