पोखरा , ३ चैत । बेगनास ताल घुम्न गएका ४ नम्बर प्रदेश सभा सचिवालयका उपसचिव परशुराम पोखरेलको हृदयघाटका कारण ज्यान गएको छ ।
बेगनास तालमा बोटिङ गर्ने क्रममा अप्ठेरो महसुस भएको बताएका पोखरेलको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।
‘लेखनाथ सुन्दरी डाँडाको टावरबाट बेगनास र रुपातालको रमणीय दृश्य हेरेर हामी बेगनाथमा १ घन्टाका लागि बोट भाडामा लिएका थियौं,’ पोखरेलसँगै गएका प्रदेश सभाका कम्युटर अपरेटर लेखनाथ भण्डारीले भने, ‘केही समय बोटिङ गरेपछि उहाँले अप्ठेरो फिल भयो भनेपछि नजिकैको शिशुवा अस्पतालमा पुर्याएका थियौं । डाक्टर बाटोमै ज्यान गएको पुष्टि गरे ।’
सभामुखको कार्यालयका लागि केन्द्रबाट आएको गाडी हस्तान्तरण गर्न चिठी बुझाएर फर्केपछि पोखरेलसहित प्रदेश सभा सचिवालयका ५ जना मिलेर बेगनास घुम्न पुगेका थिए ।
पोखरेल राष्ट्रिय सतर्कता केन्द्रबाट काजमा प्रदेश सभा सचिवालयमा काममा आएको डेढ महिनामात्रै भएको थियो ।
२५/२६ वर्षदेखि सरकारी सरकारी सेवामा रहेका पोखरेलले स्वेछिक अवकासका लागि निवेदन दिएका थिए । उनी अवकास लिएर परिवारका साथ बस्न चाहन्थे ।
उनका २ छोरामध्ये १ जना अस्ट्रेलियामा छन् भने अर्का गोरखा प्राविधिक कार्यालयका इन्जिनियर छन् ।
पोखरेलको शव पोस्टमाटमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
– अनलाइनखबर
सम्बन्धित खबर
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी