पोखरा , ३ चैत । बेगनास ताल घुम्न गएका ४ नम्बर प्रदेश सभा सचिवालयका उपसचिव परशुराम पोखरेलको हृदयघाटका कारण ज्यान गएको छ ।
बेगनास तालमा बोटिङ गर्ने क्रममा अप्ठेरो महसुस भएको बताएका पोखरेलको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।
‘लेखनाथ सुन्दरी डाँडाको टावरबाट बेगनास र रुपातालको रमणीय दृश्य हेरेर हामी बेगनाथमा १ घन्टाका लागि बोट भाडामा लिएका थियौं,’ पोखरेलसँगै गएका प्रदेश सभाका कम्युटर अपरेटर लेखनाथ भण्डारीले भने, ‘केही समय बोटिङ गरेपछि उहाँले अप्ठेरो फिल भयो भनेपछि नजिकैको शिशुवा अस्पतालमा पुर्याएका थियौं । डाक्टर बाटोमै ज्यान गएको पुष्टि गरे ।’
सभामुखको कार्यालयका लागि केन्द्रबाट आएको गाडी हस्तान्तरण गर्न चिठी बुझाएर फर्केपछि पोखरेलसहित प्रदेश सभा सचिवालयका ५ जना मिलेर बेगनास घुम्न पुगेका थिए ।
पोखरेल राष्ट्रिय सतर्कता केन्द्रबाट काजमा प्रदेश सभा सचिवालयमा काममा आएको डेढ महिनामात्रै भएको थियो ।
२५/२६ वर्षदेखि सरकारी सरकारी सेवामा रहेका पोखरेलले स्वेछिक अवकासका लागि निवेदन दिएका थिए । उनी अवकास लिएर परिवारका साथ बस्न चाहन्थे ।
उनका २ छोरामध्ये १ जना अस्ट्रेलियामा छन् भने अर्का गोरखा प्राविधिक कार्यालयका इन्जिनियर छन् ।
पोखरेलको शव पोस्टमाटमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
– अनलाइनखबर
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि