पोखराको सभागृहचोकमा ट्याक्सी दुर्घटना

पोखराको सभागृहचोकमा ट्याक्सी दुर्घटना

tax

पोखरा, ७ चैत । पोखराको सभागृहचोकमा मंगलबार बेलुकी करिब साढे नौ बजे ट्याक्सी दुर्घटना भएको छ ।

पृथ्वीचोकबाट जिरो किमि तर्फ जाँदै गरेको ग १ ज ३२६० नम्बरको ट्याक्सीले सभागृहचोकको सडक किनारमा बिद्युतको ट्रान्समिटर रहेको पोललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ट्याक्सीमा चालकमात्र रहेकोले मानवीय क्षति नभएतापनि साधनमा क्षति पुगेको छ । दुर्घटना पश्चात ट्याक्सी चालकलाई सोधपुछका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds