पोखरा, ७ चैत /कास्कीमा दुर्घटनामा नेपाली काँग्रेसका क्रियाशील सदस्य जयबहादुर खत्रीको मृत्यु भएको छ। पोखराबाट सिक्लेस जाने क्रममा ट्रक दुर्घटनामा परी उनको मृत्यु भएको हो । सोमबार ग१ज ७५९९ नम्बरको आफ्नै मिनी ट्रकमा उनी सिक्लेस जादै थिए ।
दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा खत्रीको उपचारका क्रममा मृत्यु भएको हो। उनको मङ्गलबार नै पोखराको सेती नदीस्थित तुल्सिघाटमा अन्त्येष्ठि गरिएको छ। उनका एक श्रीमती, १ छोरा र ४ छोरी छन् ।
नेपाली काँग्रेसका नेता देवराज चालिसेले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति विजयराज आचार्य र कास्की काँग्रेसका सदस्य नवीन सिग्देल तुल्सिघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
खत्रीले नेपाली काँग्रेसका विभिन्न पदमा रहेर लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएको पार्टीले जनाएको छ । उनी नेपाली काँग्रेस वडा इकाइ समिति पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को निवर्तमान उपसभापति हुन्।
नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी खत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह