गण्डक न्युज पोखरा, ७ चैत / पोखरा ५ पस्र्याङमा रोडमै अव्यवस्थित रुपमा पार्क गरिएको बसमा ठक्कर खाँदा स्कुटर चालकको ज्यान गएको छ । स्कुटर चालक कास्की माछापुच्छ«े गाउँपालिका ६ निबासी ४५ वर्षीय पान बहादुर क्षेत्रीको मृत्यु भएको छ ।
मंगलबार मध्यरात साढे १२ बजे धर्मस्थली मावि अगाडी रोकीराखेको ग १ ख ५९९६ नम्बरको बसलाई क्षेत्री सवार ग १४ प २३३ नम्बरको स्कुटर ठक्कर खाएको थियो । तत्काल स्कुटर चालक क्षेत्रीलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएकोमा सवा १ बजे मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकी दिए ।
बसमा ठोक्किएको स्कुटरको अगाडिको भाग पूर्ण रुपमा क्षती भएको छ । फराकिलो बाटो भएकाले सो सडकखण्डमा तीब्र गतिमा सवारी गुड्ने गर्दछ । बाटैमा बस राखिएका कारण बस चालकको कमजोरी देखिएको छ ।
यसैबीच, पोखरा २ बिन्दबासिनीमा बुधबार दिउँसो पौने १ बजेतिर बा २ क १११४ नम्बरको बसले ग १४ प ८२५७ नम्बरको बाइकलाई ठक्कर दिँदा पोखरा ११ फुलबारी बस्ने १८ वर्षीय होमबहादुर कार्की घाईते भएका छन् । उनको सहारा अस्पतालमा उपचार गरिएको छ ।
यस्तै, बुधबार साँझ ५ बजेतिर पोखरा १५ नयाँ गाउँमा साइकलबाट लडेर एक पुरुष गम्भिर घाईते भएका छन् । कवाडी सामान संकलन गर्ने भारतीय जस्तो देखिने अन्दाजी ४० वर्षीय पुरुषले आकाशे रंगको सर्ट लगाएका छन् ।
तस्विरः मेरो हेडलाइन
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह