पोखराको पस्र्याङमा बसमा स्कुटर ठोक्किँदा घाईते भएका क्षेत्रीको मृत्यु, अन्य दुई दुर्घटना, २ घाईते

पोखराको पस्र्याङमा बसमा स्कुटर ठोक्किँदा घाईते भएका क्षेत्रीको मृत्यु, अन्य दुई दुर्घटना, २ घाईते

scuty-accident

गण्डक न्युज पोखरा, ७ चैत / पोखरा ५ पस्र्याङमा रोडमै अव्यवस्थित रुपमा पार्क गरिएको बसमा ठक्कर खाँदा स्कुटर चालकको ज्यान गएको छ । स्कुटर चालक कास्की माछापुच्छ«े गाउँपालिका ६ निबासी ४५ वर्षीय पान बहादुर क्षेत्रीको मृत्यु भएको छ ।

मंगलबार मध्यरात साढे १२ बजे धर्मस्थली मावि अगाडी रोकीराखेको ग १ ख ५९९६ नम्बरको बसलाई क्षेत्री सवार ग १४ प २३३ नम्बरको स्कुटर ठक्कर खाएको थियो । तत्काल स्कुटर चालक क्षेत्रीलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएकोमा सवा १ बजे मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकी दिए ।

बसमा ठोक्किएको स्कुटरको अगाडिको भाग पूर्ण रुपमा क्षती भएको छ । फराकिलो बाटो भएकाले सो सडकखण्डमा तीब्र गतिमा सवारी गुड्ने गर्दछ । बाटैमा बस राखिएका कारण बस चालकको कमजोरी देखिएको छ ।

यसैबीच, पोखरा २ बिन्दबासिनीमा बुधबार दिउँसो पौने १ बजेतिर बा २ क १११४ नम्बरको बसले ग १४ प ८२५७ नम्बरको बाइकलाई ठक्कर दिँदा पोखरा ११ फुलबारी बस्ने १८ वर्षीय होमबहादुर कार्की घाईते भएका छन् । उनको सहारा अस्पतालमा उपचार गरिएको छ ।

यस्तै, बुधबार साँझ ५ बजेतिर पोखरा १५ नयाँ गाउँमा साइकलबाट लडेर एक पुरुष गम्भिर घाईते भएका छन् । कवाडी सामान संकलन गर्ने भारतीय जस्तो देखिने अन्दाजी ४० वर्षीय पुरुषले आकाशे रंगको सर्ट लगाएका छन् ।

तस्विरः मेरो हेडलाइन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds