गौरव त्रिपाठी पोखरा, ७ चैत / कास्कीको रुपा गाउँपालिका वडा नम्वर ७ हंसपुरमा खानेपानीको चरम अभाव भएको छ । १२ सय ७५ घर दुरी रहेको वडामा कालीपधँेरी र रिस्ठे कुवाको पानी हिउँद महिनामा सुके पछि रामकोट, डिस्टा गाउँ र मगर गाउँमा खाने पानीको अभाव भएको कुर्लुङ जल उपभोक्ता समितिका सचिव कृष्णमणि सुवेदीले बताए ।
तीन ठाउँबाट खानेपानी लिफ्टिङ गर्ने गरेको भएपनि कुर्लुङ खोलोको पानीले करिब पाँच सय घरधुरीलाई मात्र पानी पुग्ने गरेको छ । पानी पम्पिङ गर्ने मेसिन बिग्रेकाले खानेपानीको समस्या परेको महिना दिन भएको सुवेदीको भनाई छ ।
गाउँपालिकाको १५ लाख सहयोगमा नयाँ मेसीन खरीद प्रक्रियामा रहेको कुर्लुङ जल उपभोक्ता समितिका अध्यक्ष भोजराज सुवेदीले जानकारी दिए । ‘१२ सय मिटर तल खोलाबाट पानी तान्नुपर्छ । मेसिन बिग्रेर हैरान भएका छाँै । दश घरको एक ट्याङकी ४२ वटा स्टोर ट्याङकीबाट मासिक एक सय २० रुपैंया उपभोक्तावाट रकम उठाएर संचालन गर्दै आएका छौं ।’-सुवेदीले भने ।
मादी गाउँपालिकाको सिक्लेसमा ७२ किलोमिटर टाढा रहेको थाक खानेपानी आयोजनाले गाउँमा छिटफुट मात्रामा मात्र पाउने आउने गरेको छ । ‘बिहान ४ बजे उठेर खानेपानी लिन जानुपर्छ । नत्रभने पानी नै पाइदँैन । गाइबस्तु पाल्न समेत धौ धौ पर्न थालेको छ ।’ स्थानीय गंगा थापा दुखेसो पोखिन् ।
स्वास्थ्य चौकीमा समेत एक गाग्री पानी ल्याउन दुई घण्टा भन्दा बढी लाग्ने गरेको र पानीको अभावकै कारण गुणस्तरीय सेवा दिन गाह्रो परेको स्वास्थ्य चौकी प्रमुख बिष्णुप्रसाद घिमिरे बताउँछन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु