पोखरा, ८ चैत / श्री राम मन्दिर संचालक समिति र विश्व हिन्दु महासंघ, कास्की शाखाको संयुक्त सहकार्यमा यही चैत्र ११ गते रामनवमी पर्व भव्य रुपमा मनाइनुका साथै पहिलो महिला महामण्डलेश्वर हिमानन्द गिरीलाई सम्मान गरिने भएको छ ।
श्रीराम मन्दिरको धार्मिक मुल्य मान्यतालाई उत्थान गर्दै, बैदिक सनातन हिन्दु धर्मको संरक्षण र संर्वद्धन गर्ने, उद्धेश्य अनुरुप श्रीराम मन्दिर संचालक समितिले स्थापना काल देखि रामनवमी पर्वलाई भव्य रुपमा मनाउने गरेकोमा यस बर्ष पहिलो महिला महामण्डलेशवर शंकराचार्य हिमानन्द गिरीको प्रमुख आतिथ्यता एवं उनको सम्मानमा बिशेष कार्यक्रम आयोजना गरिने विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
पर्वको अबसरमा भगवानका प्रतिमाहरु रथमा राखी रथ यात्रा गरिने जनाइएको छ । बिभिन्न आमा समूहहरु, संघसंस्थाहरु, बाजा गाजा, भजन किर्तन सहित श्रीराम मन्दिरमा भेला भई उक्त रथ यात्रा बिरौटा चोक, राष्ट्रबैंक चोक, रत्नचोक, पृथ्वीचोक हुँदै श्रीराम मन्दिरको प्राङ्गणमा पुगी हेलीकप्टरबाट पुष्पबृष्टि सहित समापन हुने मन्दिर संचालक समिति अध्यक्ष अध्यक्ष तथा समाजसेवी लिलाभक्त आचार्यले जानकारी दिए ।
बिश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले धार्मिक सहिष्णुता एवं नैतिक शिक्षाको जगेर्ना गर्दे धार्मिक ईतिहास बोकेको श्रीराममन्दीर को पहिचान लाई माथि पु¥याउनका लागि आयोजना गरिएको यस कार्यक्रममा उपस्थित भई भव्यताका साथ सफल पारिदिन सम्पूर्णमा आग्रह गरे ।
धार्मिक पर्यटनको बिकासका साथै धर्म सस्कृतिको जगेर्नाका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उक्त कार्यक्रमको भव्य तयारी गरिएको बताउदै उक्त कार्यक्रममा पहिलो महिला महामण्डलेश्वर हिमानन्द गिरीलाई सम्मान गर्दे उहाँको जन्मोत्सव मनाउदै रथारोहण गरिने संचालक समितिका सचिव पुण्डरी प्रसाद बरालले बताए।
श्रीराम मन्दिर संचालक समितिका अध्यक्ष तथा समाजसेवी लिलाभक्त आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीका उपाध्यक्ष साथै रेडियो जननी ९०.६ का स्टेसन म्यानेजर विमला भण्डारीले परिर्वतनका आवाजहरु उठ्दै गरेको यो समयमा विभिन्न सामाजिक, धार्मिक, राजनिति जस्ता बिषयहरुलाई पहिलो प्राथकितामा राख्ने हुनाले स्वतस्र्फुत रुपमा श्रीराम नवमी पर्वलाई बिशेष रुपमा सहयोग गर्ने प्रबिद्धता व्यक्त गरिन् ।
साथै पत्रकार संघका संस्थापक अध्यक्ष उमाकान्त शर्माले रामनवमी पर्वमा काम सँगै प्रचारप्रसारलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।
स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले भगवान रामले देखाएको असल बाटोको अनुसरण गर्न सकेमा समाज सकारात्मक हिसाबले परिवर्तित अबस्थामा जानुका साथै रामनवमी पर्बलाई सहभागिताको रुपमा मात्र नहेरी साँस्कृतिक पक्षको निरन्तरताको रुपमा हेर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा स्वागत गर्दे मन्दिर संचालक समितिका उपाध्यक्ष रुद्रनाथ बरालले कोही पनि भोको नरहोस् भन्नका निम्ति भण्डारणको समेत व्यवस्था गरिनुका साथै रथ यात्रामा सहभागि हुने उत्कृष्ट आमा समुह, भजन कृतन टोलीहरुलाई बिशेष पुरस्कारको समेत व्यवस्थापन गरेको जानकारी दिए ।
सोहि दिन बिश्व हिन्दु महासंघ कास्कीको अधिवेशन समेत रहेको र उक्त कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि महासंघ कास्की सचिव एवं प्रचार प्रसार उप संयोजक रामजी प्रसाद बरालले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ