गण्डक न्युज पोखरा, ८ चैत / पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ का ज्येष्ठ नागरिकलाई विहीबार एक समारोह आयोजना गरी सम्मान गरिएको छ । वडाका चार दर्जन बढी ज्येष्ठ नागरिकलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरिएको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९, ज्येष्ठ नागरिक सम्मान समितिले आयोजना गरेको सो समारोहमा प्रमुख अतिथि महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, विशेष अतिथि समाजसेवी बसन्तकेशव पराजुली, शिक्षा सेवी गणेशबहादुर गुरुङ लगायतले ८४ वर्ष कटेका ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
प्रमुख अतिथि मेयर जिसीले आफू मेयर हुनुपूर्व आफू र पार्टीले ज्येष्ठ नागरिकलाई प्रदान गर्ने भत्ता बढाउने प्रतिबद्धता जनाएको स्मरण गरे । उनले ज्येष्ठ नागरिकलाई हरेक दुई महिनामा स्वास्थ्य जाँच गर्ने गरेको जनाउँदै जनशक्ति तयार हुनासाथ हरेक महिना महानगरपालिकाभित्र स्वास्थ्य जाँचको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा सचिव लोकदर्शन कोईराला, विश्व शाक्य लगायतले ज्येष्ठ नागरिकलाई हेला गर्न नहुने बताए । समितिका अध्यक्ष केशवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नन्दुराम गिरीले स्वागत तथा समिति सचिव नरेन्द्रमान लालचनले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
वालिङ्का इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ