गण्डक न्युज पोखरा, ८ चैत / पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ का ज्येष्ठ नागरिकलाई विहीबार एक समारोह आयोजना गरी सम्मान गरिएको छ । वडाका चार दर्जन बढी ज्येष्ठ नागरिकलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरिएको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९, ज्येष्ठ नागरिक सम्मान समितिले आयोजना गरेको सो समारोहमा प्रमुख अतिथि महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, विशेष अतिथि समाजसेवी बसन्तकेशव पराजुली, शिक्षा सेवी गणेशबहादुर गुरुङ लगायतले ८४ वर्ष कटेका ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
प्रमुख अतिथि मेयर जिसीले आफू मेयर हुनुपूर्व आफू र पार्टीले ज्येष्ठ नागरिकलाई प्रदान गर्ने भत्ता बढाउने प्रतिबद्धता जनाएको स्मरण गरे । उनले ज्येष्ठ नागरिकलाई हरेक दुई महिनामा स्वास्थ्य जाँच गर्ने गरेको जनाउँदै जनशक्ति तयार हुनासाथ हरेक महिना महानगरपालिकाभित्र स्वास्थ्य जाँचको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा सचिव लोकदर्शन कोईराला, विश्व शाक्य लगायतले ज्येष्ठ नागरिकलाई हेला गर्न नहुने बताए । समितिका अध्यक्ष केशवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नन्दुराम गिरीले स्वागत तथा समिति सचिव नरेन्द्रमान लालचनले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड