पोखरामा अर्को गुफा पनि पत्ता लागेको छ । पोखरा लखनाथ महानगरपालिका वडा नं. ३३ मा रहेको भरतपोखरी स्थित तिक्लाङमा नयाँ गुफा भेटीएको हो । उक्त गुफा करीब डेढ किलोमिटर लामो भएको अनुमान गरिएको छ । तिक्लाङको स्थानिय तिक्लाङ खेलमैदानको बिचबाट सेतीको तिरमा रहेको चुनेपहरो सम्म उक्त गुफा रहेको छ । समाचारपाटी डटकममा न्युज छ ।
धेरै पहिला स्थानियहरु त्यो गुफाको बारेमा जानकार भएपनि त्यसले पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने हेक्का राखेका थिएनन् । नेपालीमा एउटा उखान छ नी माल पाएर चाल नपाए जस्तै भएको थियो त्यो गुफा तिक्लाङबासीलाई तर अहिले स्थानिय जनप्रतिनिधि आएपछि गुफाको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच पलाएको छ र त्यसलाई व्यवस्थित गर्न वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेर पर्यटक भित्र्याउने योजना बनाएका छन् ।
गुफाको संभावना र विकासको योजनाबारे वडा अध्यक्ष आचार्यले भन्नुभयो – “हामी यसको विकासको लागि समिति गठन गरेर चाढैनै सर्वसाधारणलाई लागि अवलोकन गर्न खुल्ला गछौँ ।”
गुफाको बारेमा हालै पत्रकार, संचारकर्मी र स्थानियले गुफाको अवलोकन र छलफल गरेका छन् । उनिहरुले अहिले पोखरामा रहेका गुफाहरुमा जुन ठाउँबाट प्रवेश गर्यो त्यही ठाउँबाट बाहीर आउनुपर्ने बाध्यता छ या भनौ अर्को ठाउँबाट सहज रुपमा निस्कन समस्या नै रहेको छ तर सेती नदिको समिपमा रहेको यो गुफाबाट प्रवेश गरेर तिक्लाङ खेल मैदानमा निस्कन मिल्ने व्यवस्था मिलाउने उनिहरुको योजना रहेको छ ।
भिडियो हेर्नुहोस:
अहिलेसम्म ओझेलमा परेको यो गुफाको ढिलै भएपनि प्रचार गर्ने र जतिसक्दो छिटो आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन स्थानिय जनप्रतिनिधि र स्थानिय आतुर रहेका छन् ।
गुफाको संरक्षण, व्यवस्थापनका लागि वडाले चाढैनै बजेटको व्यवस्थापन गरेर काम सुरु गर्ने वडा अध्यक्ष शिव प्रसाद आचार्यले बताउनुभयो । गुफाको राम्रोसंग प्रचारप्रसार गरि आन्तरीक तथा बाह्य पर्यटक तिप्लाङमा लैजान सक्ने हो भने पोखरा आउने पर्यटकको बसाई लम्ब्याउन सकिन्छ र हामीले देखेको आर्थिक विकास र समृद्ध नेपालको लागि एउटा ईटा थपिने कुरामा दुई मत छैन । देशमा संघियता आएको र आफ्नो ठाउँमा लुकेर रहेका स्थानहरुको प्रवद्र्धनमा स्थानिय जनप्रतिनिधिहरु उत्साहित छन् भन्ने कुराको उदाहरण यो पनि एउटा हो ।
देश विकास र आर्थिक संमृद्धिको लागि यी र यस्ता लुकेर रहेका विषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी छ । वडा नं. ३३ ले पोखरामा एउटा पर्यटकीय स्थानको पहिचान र विकासको लागि जसरी चासो देखाएर लागेको छ यो क्रम निरन्तर जारी रहोस र चाँढै नै यो गुफामा पनि पर्यटकको ताती लागोस हाम्रो सतत शुभकामना ।
सम्बन्धित खबर
पोखरा रंगशाला व्यवस्थित तबरले सञ्चालन गरिने
पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’
सफल पोखरा म्याराथनको तयारी सुरू
जलवायु परिवर्तन हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता
नेपाल हाउस कास्कीद्वारा श्रमिकका सन्तानलाई ब्लाङ्केट प्रदान
पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका