गण्डक न्युज पोखरा, ९ चैत /फुस्रे खोलामा फेरि डुबेर फेरि एक जनाले ज्यान गुमाएका छन् । पोखरा १४ सेतीदोभान स्थित फुस्रेखोलामा डुबेर शुक्रबार दिउँसो पर्वत जलजला १ बासखर्क निवासी १८ वर्षीय सन्दिप पुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कामको सिलसिलामा पुन पोखरा आएका थिए । शुक्रबार दिउँसो अन्य दुई साथीहरुसँग पौडी खेल्न गएकोमा पुन दिउँसो साढे १ बजे डुबेका थिए । उनका साथीहरुले पौडी खेल्ने क्रममा एक्कासी डुबेको बताएको प्रहरीले जानकारी दिएको छ ।

जित बहादुर पुनका छोरा सन्दिप डुबेपछि प्रहरी घटनास्थल पुगेको थियो । आफन्त सम्पर्कमा आएपछि पोस्टमार्टमका लागि पुनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
फुस्रेखोलामा वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छ । प्रहरीले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु पौडी खेल्ने क्रममा यसरी अकालमा ज्यान गुमाउने गरेका छन् ।
गत वर्ष माघ २० गते पनि काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलबाट भ्रमणका क्रममा पोखरा आएका बाँसबारीका १६ वर्षीय पेसल घिमिरेले ज्यान गुमाएका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह