पोखरा, १० चैत / लागऔषध नियन्त्रण ब्युरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न २ जनालाई लागुऔषध शनिवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका ७ हल्लनचोक बस्ने अमन नेपाली र बागलुङ नगरपालिका १३ पैयुँडाडा बस्ने वर्ष २१ को किशोर खत्री रहेका छन ।
ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरूङको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले उनिहरुलाई पोखरा लेखनाथ महानगरपालिका १७ छोरेपाटनबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुका साथबाट प्रहरीले नुर्फिम ७० थान, डाईजापाम ७० थान, फेनरागगन ७० थान गरी जम्मा २१० थान लागुऔषध साथै सामसुङ मोबाईल १ थान र नोकिया मोबाईल १ थान समेत बरामद गरेको छ ।
गोप्य सुचना प्राप्त हुनासाथ तत्कालै आफुहरु उक्त स्थानमा खटिई चेकजाँच गर्नेक्रममा उनिहरुलाई लागुऔषध सहित पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको व्युरोका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले बताए।
सम्बन्धित खबर
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत
म्याद गुज्रेको सामान बेचेपछि पोखराको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि