गण्डक न्युज पोखरा, ११ चैत / पोखरा जन्मथलो तथा कर्मथलो भएका गायिकाहरू आबद्ध ‘हार्मोनी द मोर्डन सङस्ट्रेस अफ पोखरा’ ले पहिलो महिला संगीतकार एवं अग्रज गायिका शान्ति ठटाल, अग्रज गायिका हरिदेवी कोईराला र गीतकार एवं कवि उषा शेरचनलाई सम्मान गरेको छ ।
पोखरामा ‘टेस्ट अफ हार्मोनी’ शीर्षकको सांगीतिक कार्यक्रम आयोजना गरी यसै अवसरमा नेपाली सांगीतिक क्षेत्रका तीन हस्तीलाई अभिनन्दन तथा सम्मान गरिएको हो । ठटाललाई अभिनन्दन गरियो भने कोईराला र शेरचनलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी चेतन कार्की, आयोजक हार्मोनी अध्यक्ष इतु जोजिजु, वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ, कार्यक्रमको प्रस्तुतकर्ता द मुगलान रेष्टुरेण्ट सञ्चालक राजमान थकाली, हार्मोनी संरक्षक प्रकाश सायमीले मायाको चिनो एवं दोसल्ला ओढाएर सम्मान गरे ।

अग्रज गायिका ठटालका बारे साहित्यकार, वरिष्ठ सञ्चारकर्मी एवं चलचित्र निर्देशक प्रकाश सायमीले परिचय दि एभने सम्मानित व्यक्तित्वद्वयको व्यक्तित्व चर्चा साहित्यकार सरस्वती प्रतिक्षाले गरिन् । बर्त गन्धर्व, महिला सांरगी बाधकलाई हार्मोनी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित ब्यक्तित्व संगीतकार ठटालले नेपाली गीतसंगीतमा महिलाहरुको सहभागीता बृद्धि भैरहँदा आफुलाई खुशी लागेको र महिलाहरुको सक्रियतामा स्थापना भएको सांगीतक संस्थाले आफुलाई सम्मान गर्दा गौरव महसुस भएको बताईन् ।
व्यक्ति परिचय दिँदै सायमीले नेपाली संगीतको बारेमा आफुले सबैभन्दा पहिले ‘बागीना’मा प्रकासित ठटालकै लेख पढेको बताउँदै शान्ति ठटालले नेपाली सांगीतिक क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर जति गरेपनि कम हुने बताए । प्रताप सुब्बाद्वारा निर्देशीत ‘ब्लाक एण्ड ह्वाईट’ चलचित्र परालको आगोका संगीतकार ठटाले अर्को चलचित्र ‘बाँच्न चाहनेहरु’मा पनि संगीत दिएका बताउँदै ति दुई चलचित्र सांगीतिक रुपमा सफल भएको बताउँदै ठटाल नेपाली सांगीतिक क्षेत्रका धरोहर रहेको बताए ।

प्रमुख अतिथि कार्कीले पोखराको शान फेवा ताल र माछापुच्छ्रे मात्रै नभएर यहाँको कला संस्कृति पनि रहेको बताए । यसैक्रममा कार्कीले हामीसँग भएको माछापुच्छ्रे पनि उचाईको हिसाबले सगरमाथा भन्दा कम भए पनि सगरमाथालाई ७ हजारले टेकीसकेको हुनाले हाम्रो भर्जिन हिमाल प्रति जसरी गर्व लाग्छ, उसैगरि पोखराका हरेक स्रष्टाहरुको सिर्जना प्रति गौरव लाग्ने बताए ।
सो अवसरमा गायिकाहरू इतु जोजीजु, अजुदा थापा, रुबी गौली, रजनी रिदम राई, रितु लामा, कौशल्या गुरुङ, बबि सुनार, शीतल थापा, मितु पल सिंह, मालती गुरुङ प्राप्ति तुलाचन, आँचल लामा, मुस्कान रानाभाट आदिले नयाँ तथा पुराना गीतहरू सुनाए ।
उनीहरूले पुराना स्रष्टाका गीतका अतिरिक्त आफ्ना मौलिक गीतहरू सुनाउँदै वातावरण गुञ्जाएका थिए । पोखरा सभागृहमा शनिबार भएको कार्यक्रममा सहभागिता जनाउन ५ सय तथा १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय सञ्जय मल्ल र कञ्चन थापाले गरेका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ