पोखरामा बाइक हरायो ? ९ वटा फेला परे, १९ जना बाइक चोर दिउँसो सार्वजनिक गरिदैं

पोखरामा बाइक हरायो ? ९ वटा फेला परे, १९ जना बाइक चोर दिउँसो सार्वजनिक गरिदैं

bike chori

गण्डक न्युज पोखरा, १२ चैत / पोखरामा पछिल्लो समय बाइक चोरीको घटना बढेको छ । बाइक चोरको बिगबिगी भएकाले नै घटनामा वृद्धि भयो । चोरी भएका केहि मोटरसाइकल स्कुटर फेला परेपनि बुलेट जस्ता बाइकहरु फेला पर्न नै सकेका छैनन् ।

कास्की प्रहरीले अहिले ठूलो सफलता हात पारेको छ । उसले बाइक चोरी गर्ने गिरोह नै समातेको छ । पोखरा र नजिकै भिमादक्षेत्रबाट १९ जना बाइक चोरहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुका साथबाट ९ वटा चोरी भएका बाइक समेत नियन्त्रणमा लिइएको छ ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले दिउँसो ३ बजे पत्रकार सम्मेलन नै गरेर बाइक चोरी गर्ने र चोरी भएका बाइक सार्वजनिक गर्ने जनाए ।

प्रहरी स्रोतका अनुसार उनीहरुले बाइक चोरीलाई पेशा कै रुपमा अघि बढाएका थिए । कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेपछि उनीहरुको च्यानलका सबै नियन्त्रणमा लिन सफल बनेको हो । ग्यारेजमा काम गर्ने कामदार समेत चोरीमा संलग्न भएका थिए ।

अमरसिंहचोक स्थित आफ्नै घरभित्र राखिएको यो नयाँ बुलेट बाइक ६ महिनासम्म फेला पार्न सकेन कास्की प्रहरीले ।

पोखराका मुख्य मुख्य भिडभाड हुने स्थान, विशेष गरी रातको समयमा बाइक चोरी गरी ग्यारेजका कामदारको सहयोगमा भिमाद कटाउने गरेको रहस्य खुलेको छ । प्रहरीले पनि दुई जना पक्राउ गरिसकेपछि उनीहरुकै तरिका अपनाएर अरुलाई पक्रन सफल भएको हो ।

अस्पताल, बैंक लगायतका स्थानमा राखिएको ह्विल लक् बाहेक बाईक जति सुकै ह्याण्ड लक गरेर राखिएको भएपनि सहजै चोर्न सक्ने उनीहरु पेशेवर चोर हुन् ।

पोखराबाट भिमाद कटाएर ग्रामिण भेगमा बाइक बेच्ने गरेको रहस्य खुलेको छ । बाइक चोरहरुको परिचय दिउँसो पत्रकार सम्मेलनमार्फत उनीहरुको नाम सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ