गण्डक न्युज पोखरा, १२ चैत । पोखराको नयाँबजारमा ५ बर्षिया बालिका बिहानी रोक्का मगरको आईतबार राति १४ वर्षीय पुन थरका बालकले हत्या गरे । खेलौनाकै विषयमा विवाद भएपछि ढुंगाले टाउकोमा हान्दा मृत्यु भएको बयान अभियुक्तले दिएका छन् ।
नाबालिका छोरीको हत्या भएपछि अर्धमुर्छित आमा बिना थापा मगर सामान्य अवस्थामा फर्कन सकेकी छैनन् । बिहान १० बजेतिर बालिकाको घर खोज्दै गण्डकन्युजको टीम पुग्यो । हत्या गरिएको स्थानबाट ५० मिटर दुरीमा छोरीकै नाममा खोलिएको बिहानी खाजा घर भेटियो । सटर कोठाकै बीचमा ढोका राखेर दुई वटा कोठा बनाईएको छ ।

छिमेकी दुई जना महिलाहरु सँगै थिए । बालिकाकी आमा बिना ओछ्यानमा लडिरहेकी थिईन् । उनी बोल्ने अवस्थामा थिईनन् । एकछिनपछि घटनाको बारेमा छिमेकीहरुले भन्न सुरु गरेपछि उनी केहि सम्हालिन् र घटनाबारे यसरी बेलिबिस्तार लाईन् । :-
“मेरो श्रीमान आर्मी हुनुहुन्छ । नवलपरासीमा हुनुहुन्छ । एउटा छोरा र छोरी मात्रै हो । छोरा शरद ९ वर्षको भयो । छोरी बिहानी ५ पुरा भएकी थिईन् । म पोखरा २ वर्ष अघि आएको हो । पहिले अमरसिंहमा बस्थेँ । त्यहाँ पनि ६ महिनाजति खाजा घर चलाएँ । स्कुल नजिक भएकाले बाबु नानीलाई त्यहीँ पढाएँ । यता नयाँबजार आएको १ वर्ष बढी भयो ।
हिजो (आईतबार) बेलुकी पनि बाहिर पेटीतिर खेलिरहेकी थिईन् । मकहाँ महिनाबारी खाना खानेहरु छन् । म खाना बनाउँदै थिएँ । ७ बजेतिरबाट नानी देखिएन, अबेरसम्म नआएपछि उसको दाइले त्यो केटा र नानी खेलिरहेको भन्यो ।
त्यो केटा काम गर्ने ठाउँमै सुत्थ्यो । (अभियुक्त ठीक अगाडिको निट एण्ड क्लिन सर्भिस प्वाईन्टमा गाडी धुने काम गर्दै आएका थिए) त्यहाँ पुग्दा त्यो केटा रहेनछ । त्यसपछि सबै ठाउँमा खोज्न थाल्यौं । सधैं कोठामै सुत्थ्यो, रहेनछ । पुलिसलाई खबर गरिसकेका थियौं । २० मिनेट जतिमा पुलिस आयो । केटालाई उसकै काम गर्ने ठाउँमा राखिएको गाडी मुनि भेटियो । उसले मैले मारेँ भन्यो । म नानीलाई हेर्न पनि पाईनँ । पुलिसले नै सबै लग्यो । नानीबाबुका बुबा आउँदै हुनुहुन्छ ।
खेलौना नदिएर भनेको छ अरे । खेलौनाकै कारण त्यत्रो ठूलो मान्छेले बच्चा मार्छ ? अनाथ भनेको छ । १४ वर्ष नै भयो भन्ने के छ ? ठूलो पनि हुन सक्छ उमेरमा । त्यसरी मारेर, कसरी लुकाउने भनेर जानेको मान्छे बालक हुन्छ ? एकदमै गहिरो गरि छानविन हुनुपर्छ । मेरी छोरी मार्नेलाई कडा कारबाही हुनुपर्छ ।”
यति भनेपछि मृतककी आमा बिना बोल्न सकिनन् । उनले पानी समेत खाएकी छैनन् ।

हत्या गरेर लुकाईएको ठाउँमा लागेको रगत
सम्बन्धित समाचार
पोखरामा ५ वर्षीया बालिका ‘बिहानी’ को हत्या

सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड