गण्डक न्युज पोखरा, १४ चैत / पोखराबाट नारायणगढतर्फ जाँदै गरेको मिनीबस तल्लो गगनगौंडा नजिकै लामेआहालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट छुटेको पृथ्वी यातायातको ना ५ ख ३४१ नम्बरको बस बिहान सवा ८ बजेतिर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा लमजुङ धमिलीकुवा घर भएका ४० वर्षीय सुजन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनी बसका सहचालक हुन् । दुर्घटनामा घाईते भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा साढे नौ बजेतिर दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा पोखरा लामाचौर १९ का ३० रमेश गैरे, २४ वर्षीय शंकर नेपाली, पोखरा १४ चाउथेका २१ वर्षिय विमश सुनार, चितवनकी ३४ वषीएया विना गुरुङ, नवलपरासी वर्दघाटकी १७ वर्षीया सुस्मा तिवारी, चितवन भरतपुर ८ का ५२ वर्षीय सुदीप पौडेल, ६१ वर्षीय गौरीशंकर रेग्मी, पोखरा १२ भृकुटिटोलकी ८ वर्षीया सुविना गुरुङ, पोखरा १४ का ३५ वर्षीय धनबहादुर सुनार रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । अवस्था सबैको मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, पर्वत फलेवासका ३१ वर्षीय रामप्रसाद पाठकको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा ३२ पृथ्वीराजमार्ग, तल्लो गगनगौडा स्थित प्रस्तावित बसपार्क एरियामा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डक न्युजलाई जानकारी दिए ।
पृथ्वी राजमार्गबाट बस कम्तिमा ४० फिट तल खसेर भरतपोखरीतर्फ जाने बाटोसम्म पुगेको छ । [अपडेट गरिएको]

तस्विरः सुदीप पौडेल, कविराज खनाल

.

सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’