नागरिक समाज पोखरामा नयाँ नेतृत्व, अग्रज पत्रकार बास्तोलालाई सम्मान

नागरिक समाज पोखरामा नयाँ नेतृत्व, अग्रज पत्रकार बास्तोलालाई सम्मान

20180329_113736

गण्डक न्युज पोखरा, १५ चैत / नागरिक समाज पोखराको नेतृत्व परिवर्तन भएको छ । समाजको सातौं साधारणसभाले विष्णुहरि अधिकारीलाई संयोजकमा चयन गरेको हो । समाजको सहसंयोजकमा इन्द्रकमल मानन्धर, प्रवक्ता ठाकुरप्रसाद बराल, अर्थ संयोजक पवित्रा जिसी, सहप्रवक्ता पार्वती पौडेल चुनिएका छन् ।

यस्तै, संस्थापक संयोजक रामबहादुर पौडेल, सदस्यहरु दुर्गा अधिकारी, शशी तुलाचन, अर्जुन भण्डारी, गोकुलबहादुर कार्की, सावित्री शर्मा, धिरज थापा, ई. किसानसिंह गुरुङ, कल्याण पन्त, विन्ध्येश्वरी बराल, सुनिल पाण्डे, हरिश्चन्द्र अधिकारी, हीरादेवी बास्तोला, नरेन्द्र लालचन, रामचन्द्र लामिछाने, शिवप्रसाद बास्तोला, सूर्यनाथ पहारी, सुजन गुरुङ, ममता सुनाम र लक्ष्मी लामिछाने रहेका छन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले साधारणसभाको उद्घाटन गरे । सो अवसरमा उनले नागरिक समाज पोखराले सामाजिक क्षेत्र र नागरिकका हकअधिकारका सवालमा उल्लेख्य काम गर्न सकेकोमा प्रशन्नता प्रकट गरे ।

सो अवसरमा स्वतन्त्र पत्रकारिता मार्फत राष्ट्रिय हित प्रवद्र्धनसँगै सुन्दर, व्यवस्थित एवं वातावरणमैत्री पोखरा निर्माण अभिायनमा पु¥याएको योगदानको कदरस्वरुप अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई कदरपत्र सहित सम्मान गरिएको थियो । स्वतन्त्र पत्रकार संघ, नेपालका अध्यक्ष बास्तोलाले सम्मान ग्रहणपछि स्वतन्त्र पत्रकार र नागरिक समाजका उद्देश्य उस्तै रहेको बताउँदै विभिन्न समयमा सहकार्य गरेर कार्यक्रमहरु गरेको स्मरण गरे । उनले आगामी दिनमा पनि सँगै अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले निस्वार्थ ढंगले अघि बढेको नागरिक समाजका अगुवाहरुको क्रियाशीलता उदाहरणीय रहेको बताए । उनले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि गम्भिर रहेको भन्दै नागरिक समाजसँगै मिलेर अघि बढ्ने बताउ ।

वरिष्ठ अधिवक्ता भुपनिधि पन्तले भ्रष्टाचारमुक्त भए मुलुक समृद्ध हुने भन्दै सबैले भ्रष्ट आचरण त्याग्नुपर्ने बताए । उनले स्वार्थरहित यो अभियान जारी रहोस् भन्ने शुभेच्छान प्रकट पनि गरे । खहरे आमा समूहकी अध्यक्ष मैया थापाले नागरिक समाजसँगको सहकार्य निरन्तर रहने र संघसंस्थाको साथ सदैव रहने विश्वास दिलाईन् ।

समाजका संयोजक, नागरिक अभियन्ता रामबहादुर पौडेलले प्रत्येक हप्ताको सरसफाई अभियानमा पोखरेलीको अटुट साथ मिलेकोमा सन्तोष व्यक्त गर्दै यो सामाजिक काममा सबैको सहयोगको अपेक्षा गरे । पौडेलले अभियानका नाममा कसैसँग एक रुपैंया संकलन नगरेको, राजनीतिक दलको झण्डा नओढेको, केहि कुरामा बार्गेनिङ नगरेको स्मरण गर्दै स्वाभिमानको यो यात्रा कहिल्यै नटुंगिने बताए ।

संयोजक पौडेलको अध्यक्षतामा भएको साधारणसभामा प्रवक्ता ठाकुरप्रसाद बरालले वार्षिक प्रगति प्रतिवेदन तथा अर्थ संयोजक पवित्रा जिसीले आयव्यव विवरण प्रस्तुत गरेकी थिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ