पोखरा, १६ चैत । प्रदेश नं. ४ कै अग्रणी अनलाइन ‘गण्डक न्यूज डटकम’ का प्रधान सम्पादक रञ्जन अधिकारी सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’ बाट अधिकारी सम्मानित भएका हुन् ।
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनौट समिति संयोजक पुण्य पौडेल लगायतले अधिकारीलाई पुरस्कृत गरे ।
पोखराको पहिलो पत्रकार सिग्देलको स्मृतिमा परिवारजनले पुरस्कार स्थापना गरेका हुन् । प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
सम्पादक अधिकारी अहिले आदर्श समाज राष्ट्रिय दैनिक र बिग एफएममा कार्यरत छन् । विगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्यसमेत हुन् । खेलकुद पत्रकार मञ्च कास्कीका सचिव अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् ।

२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर पत्रकारितामा सक्रिय छन् । छापा माध्यममा कास्की आवाजबाट अनुभव बटुलेका अधिकारी अनलाइनमा समेत गोलनेपाल डटकम, खेलदैनिक डटकम र एभिन्युज टेलिभिजनमा जोडिएका छन् ।

पत्रकार अधिकारीको यो दोस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारी सबै क्षेत्रमा कलम चलाउँदै आएका छन् । प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना रहेका थिए ।
नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा कास्की शाखाले पोखरामा पत्रकार तथा सहयोगीलाई सम्मान गरेको छ । शुक्रवार महासंघ कास्कीको भवनमा एक कार्यक्रमकाबीच पत्रकारलाई पत्रकारिता पुरस्कार सहित महासंघलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

महासंघवाट संचालित तथा उद्योगी सूर्यवहादुर केसीवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४ वाट प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार वद्री विनोद प्रतीक पुरस्कृत भएका छन् । प्रतीक नगद रु. १ लाख ११ हजार १ सय ११ सहित ताम्रपत्र तथा दोसल्लावाट पुरस्कृत भएका हुन् ।

त्यसैगरी, पोखरा पत्रकारिता सम्मानवाट वरिष्ठ कार्टुनिष्ट दुर्गा वराल वात्सायन नगद रु ३३ हजार १ तथा सहित ताम्रपत्र र दोसल्लावाट पुरस्कृत भए ।
पोखरा पत्रकारिता संस्थागत सम्मान पोखरा लेखनाथ महानगरपालिका कार्यालयले पायो । जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ वाट रुद्र श्रीसमगर पुरस्कृत भए । जसको राशी ११ हजार १ सय ११ रहेको छ ।
त्यस्तै महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न वनाउन सहयोग पुर्याउने व्यक्तित्वहरु विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र नगरपालिकाका इन्जिनियर महेन्द्रवहादुर गोदारलाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।
तस्विरहरुः उमेश पुन, दुर्गा प्रसाद पौडेल, सुदर्शन रञ्जित
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर