कास्कीको लामा गाउँ लगायत दर्जन ठाउँमा रहेका एनसेल टावर ध्वस्त, के हेर्दैछ सरकार ?

कास्कीको लामा गाउँ लगायत दर्जन ठाउँमा रहेका एनसेल टावर ध्वस्त, के हेर्दैछ सरकार ?

ncell-aglagi

पोखरा, १६ चैत । कास्की, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासी लगाएतका जिल्लामा रहेका एनसेल टावर बिहिबार राति ध्वस्त बनाइएको छ ।

एनसेल कर नतिर्ने भन्दै ध्वस्त पारिएको नेकपाले जनाएको छ । कास्कीको लामा गाउँमा रहेको एनसेल टावरमा पनि राती नै आगजनी गरि ध्वस्त पारिएको खबर छ ।

यस्तै, कपिलवस्तुको विजयनगर गाउपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पुर्ण रुपमा ध्वस्त भएको बुझिएको छ । यस्तै रुपन्देहीको रुद्रपुरमा रहेको एनसेल टावर समेत अागो लगाएर ध्वस्त पारिएको छ ।

यसैबीच, नवलपरासीमा रहेको टावर माथि पनि अागजनि गरि ध्वस्त पारिएको बुझिएको छ । यस्तै स्याङ्जाको विर्घामा, पाल्पाको माथगढि, गुल्मीमा पनि एनसेल टावर ध्वस्त भएको छ ।

यस्तै, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोट लगाएत देशभरका विभिन्न एनसेल टावर मध्यराति टावर ध्वस्त भएको छ ।

गोरखा एनसेलमा आगलागी

गोरखाको गण्डकी गाउँपालिका ५, गैरीछापमा रहेको एनसेल मोबाइलको टावरमा आगजनी भएको छ । बिहिबार राति अज्ञात समूहले टावरमा आगजनी गरेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।

टावरमा प्रयोग हुने उपकरणहरु, जेनेरेटर, तारहरु जलेर नष्ट भएको उनले बताए । घटनाको अहिलेसम्म जिम्मेवारी कसैले नलिए पनि नेत्रविक्रम चन्द(बिप्लव) नेतृत्वको नेकपाले नै जलाएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ