गण्डक न्युज पोखरा, १७ चैत / नेवाः खल कास्कीले आयोजना गरेको सिजी मिस नेवाः पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० प्रतिश्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको बिभिन्न गिफ्ट ह्याम्पर पाइन् ।
शुक्रबार भएको ग्रान्ड फिनालेमा प्रितीले बेस्ट ट्यालेन्ट र बेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन् । मिस नेवा प्रिती नेवारी भाषा, संस्कृति र मौलिकता जगाउने अग्रसर हुने प्रतिवद्धता गरिन् । ताज जितेको खुसी साट्दै उनले त्यसको श्रेय आफ्ना बुवाआमालाई दिइन् ।
फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बने । प्रियङ्काले २५ हजार र जेनिफरले १५ हजारसहित बिभिन्न उपहारहरु प्राप्त गरेका छन् । प्रतियोगितामा बेस्ट पर्सनालिटी रोजिना ताम्राकार, बेस्ट फ्रेन्डली सन्ध्या श्रेष्ठ, बेस्ट फोटोजेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले जिते । उनीहरुलाई जनही ५ हजारका साथमा विभिन्न उपहार दिइयो ।
कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए । अब नेपाल समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले थपे, ‘समृद्धिको यात्रामा मिस नेवाका प्रतिश्पर्धीले समेत योगदान गर्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।’
नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा विजेता १ मात्र बन्ने भए पनि व्यक्तित्व विकास र यसबाट फाइदा सबैले लिन सक्ने बताए । उनले नेवारी युवतीहरुमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको उनको भनाइ छ । उनले भने, ‘यो सुन्दरी प्रतियोगिता होइन, हाम्रा नानीहरुलाई सक्षम बनाउने मञ्च हो ।’
मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरे । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । प्रतियोगिताका निर्णायकहरुमा डा. इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रात्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र सम्शेरबहादुर नुछे प्रधान थिए ।
कार्यक्रम सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठ, सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो