गण्डक न्युज पोखरा, २० चैत / कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ छोम्रोङमा आयोजित क्यान्सर रोग सम्बन्धी सचेतना तथा पाठेघर क्यान्सर हुन नदिन परीक्षण शिविरबाट दर्जनौं महिलाहरु लाभान्वित भएका छन् ।
‘अ लिटिल लभ गोज् टु लङ वे’ थिम्का साथ सक्रिय माया आउटरिचको मुख्य प्रायोजनमा अन्नपूर्ण गाउँपालिका वडा ११ र छोम्रोङ आमा समूहको संयुक्त आयोजनामा शिविर भएको थियो । पोखरा क्यान्सर केयर सेन्टर र पोखरा आरोग्य सेवा केन्द्रको सहयोगमा आयोजित शिविरमा ८० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

वरिष्ठ चिकित्सकहरु डा. कृष्णमुरारी अधिकारी र डा. कृपा शेरचनका साथै डा. वर्षा प्रताप र नर्सहरु रेगिना ठकुरी, संस्कृति पराजुली र सुस्मिता क्षेत्रीको टोली स्वास्थ्य जाँचमा खटिएका थिए ।
शिविरमा छोम्रोङ गाउँ सहित सिनुवा, भनुवा, नयाँ गाउँ, तिल्चे, झिनु, डौलु, रोमे, सलफु लगायतका स्थानबाट स्वास्थ्यजाँचका लागि पुगेका थिए । ५० बढी महिलाहरुले गर्भाशयमा हुने क्यान्सर सम्बन्धी परिक्षण र जानकारी लिएका थिए ।
जाँचमा संलग्न चिकित्सकहरुले अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको बताएका छन् । उनीहरुले क्यान्सर रोग, यसलाई लाग्न नदिने अपनाउनुपर्ने सावधानी लगायतका सन्दर्भका जानकारी समेत गराएका थिए ।

आमा समूहकी अध्यक्ष मिम कुमारी गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरिन् । माया आउटरिचका सदस्य कान्ति गुरुङ श्रेष्ठ र अनुप श्रेष्ठले ग्रामिण क्षेत्रमा महिलाहरु स्वास्थ्य उपचारको पहुँच र यस सम्बन्धी जानकारीबाट टाढा हुने भएकाले कार्यक्रममा सहयोग गरिएको प्रष्ट पारे ।
समूहकी सचिव पूर्ण गुरुङ लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ