(मत परिणामसहित)
भीमपाणि बराल लेखनाथ, २२ चैत । स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयमा पहिलो पटक भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अनेरास्वियुका सुनिल तिमिल्सेना सभापतिमा विजयी भएका छन् । नेविसंघका दुई जना सदस्य मात्र जित हात पारेका छन् । संस्थापक सभापति बन्न सफल तिमिल्सिनाले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै ८ सय ४५ मत ल्याउन सफल भए ।
सभापति पदका निकतम प्रतिस्पर्धी नेविसंघका डिफान भुजेलले ६ सय १९ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारिका सुधन पन्तले ४९ मत मात्र ल्याए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी अनेरास्ववियुकी बागी कुशुम शिला भट्टले १ सय ४८ र नेविसंघका बागी सुभाष प्रसाद पौडेलले ७५ मत ल्याएका छन् ।

सचिव पदका लागि भएको निर्वाचनमा अनेरास्वियुका सुरज परियारले ९ सय १४ मतका साथ बिजयी भएका छन् भने प्रतिश्पर्धी नेविसंघका नारायण सापकोटाले ५ सय ४० र अखिल क्रान्तिकारीका बिनायक तिमिल्सिनाले १ सय ३० मत प्राप्त गरेका छन् । सचिव पदमा स्वतन्त्र उमेदवार बिनोद भण्डारीले ९७ र अखिल छैठौंका हेमन्त रानामगरले २० मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी प्रकृति दवाडीले ७ सय २१ मतका साथ विजयी भएकी छन् भने प्रतिश्पर्धी नेविसंघका विनिता लामिछानेले ५ सय ३५ र अखिल क्रान्तिकारीकी सामना सुवेदीले ४ सय ४९ मत ल्याएकी छन् ।

खुल्ला सदस्य तर्फ अनेरास्वियुका आशिष केसीको ७ सय ४४, यमुना क्षेत्रीले ८ सय ४३, विनोद बुढाले ७ सय ९८, धनश्याम डुम्रेले ७ सय ७१, सन्देश तिमिल्सेना ७ सय ३७, नरेश खनालले ७ सय ३४ ल्याएका छन् भने नेवि संघको तर्फबाट सरोज साहाले ७ सय ५६ र गणेश रिमालले ७ सय २७ मत ल्याई विजयी भएका छन् ।

.

सम्बन्धित खबर
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध