गण्डक न्युज पोखरा, २२ चैत । पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवातालमा डुबेर तनहुँका युवकको ज्यान गएको छ ।
विहीबार दिउँसो ३ बजेतिर तालको बीचमा अवस्थित तालबाराही मन्दिर दर्शनका लागि जाँदै गर्दा डुंगाबाट खस्दा तनहुँ शुक्लागण्डकी, दुलेगौंडा निवासी ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो ।
कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार मन्दिर दर्शनका लागि एकै डुंगामा सात जना सवार थिए । राजु आफैले डुंगा खियाउँछु भनेर बसेका थिए तर मन्दिर परिक्रमा गर्दै गर्दा एक्कासी तालमा खसेका हुन् । राजुलाई तत्काल उद्धार गरी मेट्रो सिटि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तिर्थालुका अनुसार सशस्त्र प्रहरीको मोटरबोटको छालले डुङ्गा असन्तुलित भएपछि उनी तालमा खसेका थिए । उनलाई डुङ्गा व्यवासायी पुकार गुरुङले पौडीएर निकालेको उनीहरुको भनाई छ ।
तालमा सयर गर्न आउने आन्तरिक र बाह्य पर्यटकको डुबेर मृत्यु हुने क्रम बढेपछि न्यूनीकरणका लागि सशस्त्रको टोली त्यहाँ खटिएको पनि छ । यस्तै, लाइफ ज्याकेट अनिवार्य गरिएको छ । प्रहरीका अनुसार लाइफ ज्याकेट लगाइएको थिएन ।
उनी पोखरा आफन्तकहाँ आएको र आफन्तसँगै फेवाताल पुगेको प्रहरीले बताएको छ । पौडी खेल्न नजान्ने, मौसम गडबडी, आत्महत्याको प्रयत्न, तालको गहिराइको जानकारी नहुनु र पर्याप्त होसियारी नअपनाउँदा फेवातालमा यस्तो दुर्घटना हुने गरेको छ । फेवातालमा डुङ्गा सयरको आनन्द एकातिर छँदैछ अर्कातिर यसले जोखिमसमेत निम्त्याइरहेको छ ।
तालबाराही मन्दिरको पश्चिमस्थित अनदु टुडोस्थित क्षेत्र सबैभन्दा जोखिमपूर्ण छ । जुन भाग ७० फिटभन्दा बढी गहिरो रहेको छ । कतिपय सिकारुले डुङ्गा चलाउँदा सावधानी नअपनाउँदासमेत डुङ्गा डुबेर ज्यान जाने गरेको छ ।
डुङ्गा चालकको लापर्बाही र एउटै डुङ्गामा क्षमताभन्दा बढी यात्रु राख्न कडाई गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु