गाँजा लिएर हिँडेपछि पोखरा र स्याङ्जाका दुई जना पक्राउ

गाँजा लिएर हिँडेपछि पोखरा र स्याङ्जाका दुई जना पक्राउ

weed

पोखरा, २५ चैत । गाँजा लिएर हिँडेपछि पोखरा र स्याङ्जाका दुई जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १७ घारीपाटनबाट लागूऔषध सहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाजाँ र गाजाँको तयारी धुलो (पोलेण्ड) सहित पोखरा १८ सेदीबगर निवासी २५ वर्षिय जगत बहादुर नेपाली र स्याङजाको आधिखोला गाउँपालिका ४ निवासी १८ वर्षिय बिनोद परियार पक्राउ परेको प्रहरी उपरीक्ष विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा अबैध लागूऔषध गाँजा बिक्री बितरण, ओसारपसार, सेवन तथा सञ्चय समेत गर्ने गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो पोखरावाट खटिएको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सहितको प्रहरी टोलिले २ किलो ३ सय २० ग्राम गाँजा र ८ सय ग्राम गाँजाको तयारी घुलो ९पोलेण्ड० सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट स्यामसुङ र लाभाको एक एकवटा मोवाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ