चैत, २५ पोखरा । पोखरामा कुनै समय थियो, एलजी ग्रुप भनेपछि धेरै डराउथे । पोखराको लालीगुराँस टोलका युवाहरु भन्नेबित्तिकै अरु युवाहरु थर्कमान हुन्थे । लाली गुराँस टोल, एलजी ग्रुप भन्ने बित्तिकै ललित गुरुङलाई सम्झिन्छन् । काठमाण्डौमा अरु मुख्य गुण्डा नाइके सल्बलाउँदा पोखरामा गुण्डा नाइके नै ललित थिए ।
तर, पछिल्लो समय पोखरामा टोले गुण्डाको बिगबिगी भने छैन । एलजी ग्रुप छिन्न भिन्न भयो । अहिले एलजी एशोसियसनकै नाममा केहि समाजसेवाका काम गर्दै पुरानो छवि मेटाउने प्रयासमा युवाहरु छन् ।
पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाएको अभियोगमा ललित गुरुङसहित तीन जना पक्राउ परेका छन् । ललितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाउँदै आएका ललित यसअघि पनि पटकपटक पक्राउ परेका थिए । गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ ।
ललित तरुण दल लमजुङका उपसभापतिसमेत हुन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षणको खोज्दै तरुण दलको नेता बनेका थिए । ललितसँगै अन्य २ जनालाई पोखरा बैदामबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको अनलाइनखबरका लागि अमृत सुवेदीले लेखेका छन् । धाकधम्की देखाई चन्दा असुली गर्ने काममा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गरिएको र क-कसलाई धम्की दिएका थिए र कति चन्दा असुल गरिरहेका थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा-१२ बस्ने ३४ वर्षीय ललितसँगै शितलादेवी बस्ने २६ वर्षीय दिपेन्द्र परियार र पोखरा-५ बस्ने २५ वर्षीय संगम थापा पक्राउ परेका हुन् । आइतबार नै म्याद थप गरेर अनुसन्धान सुरु भएको जनाइएको छ ।
चन्दा, हातहतियार, कुटपीट लगायतमा पक्राउ परेका पटके गुन्डा हुन् । कास्कीको सुरक्षा स्थितिलाई बलियो बनाउन १५ वुँदे कार्ययोजनासहित अपराध नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखेर प्रहरीले अभियान चलाइरहेको छ ।
गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु