पोखरा लामाचौरमा मोटरसाइकल दुर्घटना

पोखरा लामाचौरमा मोटरसाइकल दुर्घटना

Accident-3-1

प्रतिकात्मक तस्बिर

पोखरा, २५ चैत । पोखरा लामाचौरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लामाचौरको अकला मन्दिर नजिकै आइतबार ग १४ प ८४२९ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्री र मोटरसाइकल चालक दुवै घाइते भएको प्रहरीले जानकारी दिएको छ ।  पैदल यात्री स्थानीय ५८ बर्षिया कौशिला अधिकारी र मोटरसाइकल चालक २३ बर्षीय संजय सुनार भएका हुन् ।

घाइते दुवै जनाको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पोखरामा दिनहुँजसो सवारी दुर्घटना बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ