गण्डक न्युज पोखरा, २९ चैत / माइक्रोबसको ठक्करपछि मृत्यु भएका विद्यार्थीको आफन्त आन्दोलित भईरहँदा अर्का घाईतेको पनि ज्यान गएको छ । गम्भिर घाइते सन्दिप पौडेलको पनि तेस्रो दिनमा मृत्यु भएको हो ।
उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार बिहान मृत्यु भएको परिवारले जनाएको छ । गत मंगलबार पौडेलले नै चलाएको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ ख ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । मोटरसाइकल चालक शोभाकान्त (किरण) पनेरुको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक दुबैको बिहिबार नै अन्त्यष्टि गरिएको छ । पनेरुको सेती रामघाटमा तथा पौडेलको दोविल्ला घाटमा अन्त्येष्टि गरिएको हो । मृतक दुवैका परिवारले बिहिबारनै शव बुझेका हुन् । स्याङ्जा घर भइ हाल ड्यामसाइड बस्दै आएका २२ वर्षिय शोभाकान्त पनेरु छोरेपाटनस्थित गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय स्नातक तह दोस्रो वर्षमा पढ्थे । अर्का मृतक २४ वर्षिय सन्दीप पौडेल पोखरा लेखनाथ महानगरपालिका वडा २१ का हुन् ।
यसअघि पनेरुको मृत्युपछि विद्यार्थी र आफन्त आन्दोलित बनेका थिए । मृतक दुवैका आफन्तले माइक्रो चालक दिप्तीनारायण ढकाललाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । तीब्र गतिमा गलत दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।
‘प्रशासनले दोषी चालकलाई कडा कारवाही गर्ने आश्वासन दिएकाले नै हामीले शब बुझेका हौ’ मृतक पनेरुका ठुलोबुवा दुर्गाप्रसाद पनेरुले भने ‘हामीलाई ५ लाखको प्रलोभन देखाइएको छ, तर हाम्रो माग चालकलाई कडा कारवाही हुनुपर्छ भन्ने हो ।’ विमा वापत नियमले नै पाइने पाँच लाख देखाउँदै कसैको ज्यान लिन नपाइने उनको भनाई छ । ‘पाँच लाख तिरेर मान्छे मार्न पाइने, यो कस्तो कानुन हो ?’ उनले प्रश्न गरे ।
त्यस्तै, अर्का मृतक पौडेलका आफन्त हुमप्रसाद अधिकारीले पनि प्रशासनले चालकलाई कडा कारवाही नगरे फेरी सडकमा आउन बाध्य हुने चेतावनी दिए ।
घटनापछि आन्दोलित बनेको पोखराका विद्यार्थीहरुले बुधबार दिनभर पोखराको सडकमा नाराबाजि गरेका थिए । आन्दोलित विद्यार्थीले मान्छे मार्न पाइँदैन, हत्याको निष्पक्ष छानबिन गर, चालकको लाइसेन्स खारेज गर लगायतका नाराबाजी गरेका थिए । बस चालकलाई कडा कारवाही नभए आफुहरु फेरी सडकमा उत्रने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
उनीहरुले बुधबार दिउँसो पोखरामा सार्वजनिक यातायात सञ्चालनमा समेत अवरोध पु¥याए भने विहीबार बिहान पनि आन्दोलित थिए । क्याम्पस प्रांगण छोरेपाटनदेखि घटनास्थल बैदामसम्म ¥याली निकाली बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म माइक्रो बस बन्द गरेको अनेरास्ववियू कास्की क्षेत्र नंं. ३ का सचिव रियाज तिमिल्सना (सुन्दर) ले जानकारी दिए ।
https://www.facebook.com/pokhara143/videos/1940310966040955/
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?