गण्डक न्युज पोखरा, १ बैशाख / पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसले एक समारोहका बीच कक्षा १२ र ब्याचलर अन्तिम वर्षका विद्यार्थीहरुलाई बिदाईका साथ उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । साथै नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले राज्यले शिक्षा क्षेत्रमा लगानी नगरेसम्म यस क्षेत्रमा आशातित विकास हुन नसक्ने बताए । उनले विद्यार्थीले प्रमाणपत्रका लागि मात्र अध्ययन गर्न नहुने भन्दै ज्ञान, सीप, अनुभव हासिल गरी जिवन सार्थक बनाउन पढ्नुपर्ने बताए । विद्यार्थी नैतिकवान्, चरित्रवान् हुनुपर्नेमा उनको जोड थियो । पोखरा मल्टिमोडलका कार्यक्रममा आउँदा अतिथि नभई परिवार जस्तो अनुभूति हुने थापाले बताए ।
क्याम्पसका प्रबन्ध निर्देशक राजकुमार गिरीले सञ्चालक समिति पुनर्गठन भएको र अब नयाँ कार्यक्रम लिएर झनै प्रभावकारी अध्ययन प्रक्रिया अवलम्बन गरिने बताए । क्याम्पस प्रमुख कृष्णबहादुर केसीले राम्रो शिक्षा मात्र नभई उपयोगी व्यवहारिक शिक्षा आवश्यकबोध गरी क्याम्पसले निरन्तर यसतर्फ विभिन्न कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका क्याम्पसका अध्यक्ष लिलाधर बरालले अभिभावक र विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्दै क्याम्पसले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । प्राध्यापक संघ इकाई समितिका अध्यक्ष नगेन्द्रबहादुर भण्डारीले लामो अनुभव बटुलेका शिक्षकहरुबाट क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान भईरहेको जनाए ।
सो अवसरमा विद्यार्थीका तर्फबाट कक्षा १२ विज्ञान संकायका निरज थापा, व्यवस्थापन संकायका सुरज पाण्डे, बिबिएस चौथो वर्षका आरती बञ्जराले बिदा भएर जाँदै गर्दा क्याम्पसका पढाईबारे बोलेका थिए । यस्तै, कक्षा ११ का विज्ञान संकायकी निता प्रधान र व्यवस्थापन संकायकी श्रीया गिरीले अग्रजहरुलाई सफलताको कामना गरेका थिए ।
कार्यक्रममा दिवा कोओर्डिनेटर बाबुराम लामिछानेले स्वागत तथा प्रातः कोओर्डिनेटर भुपाल जैसीले सञ्चालन गरेका थिए । क्याम्पसले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने हेतु नियमित रुपमा प्रशासन, वित्तिय संस्थामा स्थापित व्यक्तित्व आमन्त्रण गरेर अन्र्तक्रियात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु