गण्डक न्युज पोखरा, ७ वैशाख / अश्लिल क्रियाकलाप गरिरहेको अवस्थामा प्रहरीले देखेपछि घुस दिन खोज्ने युवक सहित युवती प्रहरी फन्दामा परेका छन् ।
पोखराको पृथ्विचोक स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख ३६२३ नं. को भाडाबस भित्र विहीबार राति पौने ९ बजे युवा र युवतीको अश्लिल क्रियाकलाप प्रहरीले देख्यो ।
कास्की प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट बसपार्कमा डिउटीमा खटिएका प्रहरी जवान किसान परियारले उनीहरुलाई नियन्त्रणमा लिएकोमा लोभलालच देखाई दुई हजार रुपैया घुस दिने पोखरा वडा नं. ९ बस्ने विशालजंग शाही र उनको साथमा रहेकी महिलालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
घुस दिएको नगद रकम सहित वडा प्रहरी कार्यालय बैदाम कास्कीको नियन्त्रणमा केही सार्वजानिक अपराध मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको १५ बुँदे कार्ययोजना अनुरुप भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाई नागरिकलाई सरल र सहज रुपमा निष्पक्ष तवरले सेवा प्रदान गरी आफु खटिएको डिउटीमा कुनै लोभ प्रलोभनमा नपरी तदारुकताकासाथ डिउटी गर्ने प्रहरी जवान किसान परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अभिलेखमा जनिने गरी नगद सात सय रुपैया सहित पुरस्कृत गरेको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह