गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, ८ वैशाख / पर्यटकीय स्थल महेन्द्र गुफा परिसरमा सि.सि. क्यामेरा जडान गरिएको छ । पर्यटकहरुको अत्याधिक बढि चाप हुने उक्त क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी गुफा परिसरका चारवटा क्षेत्रलाई केन्द्रित गरी क्यामेरा जडान गरिएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ ।
गुफा प्रवेश गर्ने स्वदेशी तथा विदेशीपर्यटकले अब ढुक्कसँग गुफा, अवलोकन गर्न सक्ने सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए । ‘अब कुनैपनि आगन्तुकले असुरक्षित महशुष गर्ने छैनन् पौडेलले भने गुफा क्षेत्रमा पर्यटक मैत्री वातावरण बनेको छ ।’ – पौडेलले भने ।
वर्षेनी हजारौं पर्यटक आउने गुफालाई थप आर्कषण र विचरण योग्य बनाउन कार्य योजना तयार गरिएको र त्यही अनुरुप काम शुरु गरिने विन्ध्यवासिनी मा.वि.का प्रधानाध्यापक कृष्ण प्र.आचार्यले जानकारी दिए ।
विन्ध्यवासिनी मा.वि.बाट संरक्षित हुँदै आएको महेन्द्र गुफा क्षेत्रबाट प्राप्त आम्दानीबाट स्थानीय विन्ध्यवासिनी मा.वि. सञ्चालन र विभिन्न विकास निर्माणका कार्यमा सहयोग हुँदै आएको छ ।
सम्बन्धित खबर
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
सामाजिक सुरक्षा रकमले बालबालिकालाई शैक्षिक सामाग्री
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
‘दशैंमा गाउँ नै रमाइलो’
हिमाली जिल्ला मुस्ताङमा फूलपातीको रौनक
‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०