पोखराका चार फोटो पत्रकार अवार्डमा मनोनित

पोखराका चार फोटो पत्रकार अवार्डमा मनोनित

photo journalist

पोखरा, ८ वैशाख / दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि पोखराका चार जना फोटो पत्रकार मनोनयनमा परेका छन् ।

मुलुकभरका विभिन्न सञ्चार माध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विधामा मनोनित भएका हुन् । पोखरा बाट २ बिधामा दुर्गा प्रसाद पौडेल एक एक बिधामा सुर्दशन रञ्जित,संजय शाक्य र उमेश पुन मनोनितमा परेका छन।

राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यहि वैशाख १३ गते फोटो पत्रकारिता अवार्ड–२०७४ वितरण हुँदैछ । राजनीतिक, महिला, खेलकुद, दैनिक जिवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन विधा रहेका छन् ।

मुख्य पाँचमा पर्न सफल फोटो पत्रकारलाई शुक्रबार एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका सचिव एवम् अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समूहले दुई वर्षदेखि विभिन्न संघ संस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताए ।

वैशाख १३ गते वितरण हुने अवार्डमा प्रत्येक विद्यामा उत्कृष्ट हुनेलाई रु २५ हजार नगद, ट्रफि र प्रमाणपत्र तथा सबै विद्याबाट सर्वोकृष्ट हुनेलाई रु ५० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने समूहका सदस्य राजेन्द्र चित्रकारले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds