पोखरा, ८ वैशाख / दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि पोखराका चार जना फोटो पत्रकार मनोनयनमा परेका छन् ।
मुलुकभरका विभिन्न सञ्चार माध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विधामा मनोनित भएका हुन् । पोखरा बाट २ बिधामा दुर्गा प्रसाद पौडेल एक एक बिधामा सुर्दशन रञ्जित,संजय शाक्य र उमेश पुन मनोनितमा परेका छन।
राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यहि वैशाख १३ गते फोटो पत्रकारिता अवार्ड–२०७४ वितरण हुँदैछ । राजनीतिक, महिला, खेलकुद, दैनिक जिवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन विधा रहेका छन् ।
मुख्य पाँचमा पर्न सफल फोटो पत्रकारलाई शुक्रबार एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका सचिव एवम् अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समूहले दुई वर्षदेखि विभिन्न संघ संस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताए ।
वैशाख १३ गते वितरण हुने अवार्डमा प्रत्येक विद्यामा उत्कृष्ट हुनेलाई रु २५ हजार नगद, ट्रफि र प्रमाणपत्र तथा सबै विद्याबाट सर्वोकृष्ट हुनेलाई रु ५० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने समूहका सदस्य राजेन्द्र चित्रकारले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो